काठमाडौं । नेपालमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा २८८ जना भारतीय नागरिक बेपत्ता भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थप २०० जना भारतीय नागरिक चीनमा अलपत्र परेका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । नेपालमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा २८८ जना भारतीय नागरिक बेपत्ता भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थप २०० जना भारतीय नागरिक चीनमा अलपत्र परेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समार्फत नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा गएका दक्षिण भारतीय राज्य तमिलनाडुका कम्तीमा २१ जना भारतीय नागरिकको उद्धार गरिएको जानकारी दिएका छन्।
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो संख्यामा भारतीय नागरिक प्रभावित भएको भन्दै भारतीय अधिकारीहरूले उनीहरूको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि नेपाली र चिनियाँ पक्षसँग समन्वय गरिरहेको जनाइएको छ।
बाढी र पहिरोका कारण कैलाश मानसरोवर यात्राका लागि नेपाल हुँदै गएका भारतीय नागरिक प्रभावित भएका हुन्। उद्धार गरिएका २१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपालमा बेपत्ता भएका तथा चीनमा अलपत्र परेका भारतीय नागरिकको अवस्थाबारे थप जानकारी संकलन तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्