काठमाडौं । रसुवा–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ।
प्रहरीका अनुसार बाढीले बगाएर विभिन्न जिल्लामा पुगेका शवहरू खोजी गर्ने क्रममा हालसम्म ४६९ जनाको शव फेला परेको हो।
जिल्लागत विवरणअनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी (पूर्व)मा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी (पश्चिम)मा २७ जनाको शव फेला परेको छ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म एक हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ।
प्रहरी तथा अन्य सुरक्षा निकायले नदी किनार तथा प्रभावित क्षेत्रहरूमा बेपत्ता व्यक्तिको खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्