ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

महोत्तरी, । रसुवामा आएको विनाशकारी बाढीपछि महोत्तरी जिल्लाका ११ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबार आएको भीषण बाढीपछि रसुवामा कार्यरत तथा विभिन्न प्रयोजनले त्यहाँ पुगेका महोत्तरीका ११ जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेहरूमा बर्दिबास नगरपालिका–३ का इन्जिनियर सौभाग्य विष्ट, बर्दिबास नगरपालिका–९ की जोया राना मगर, गौशाला नगरपालिका–१ का विजय थापा मगर, पिपरा गाउँपालिका–३ का इन्जिनियर विकास यादव तथा औरही नगरपालिका–३ का सचिनकुमार यादव रहेका छन्।

त्यस्तै, जलेश्वर नगरपालिका–१० का सुशीललाल दास, जलेश्वर नगरपालिका–९ का राकेशकुमार यादव, लोहरपट्टी नगरपालिका–७ का युवराज पाण्डे, गौशाला नगरपालिका–८ का शीतल लुङ्गेली, उनकी श्रीमती सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्।

स्थानीय प्रशासनका अनुसार सम्पर्कविहीन भएकामध्ये केही रसुवामा कार्यरत थिए भने केही घुम्न तथा अन्य व्यक्तिगत प्रयोजनका लागि रसुवा पुगेका थिए।

खोजी तथा उद्धारको प्रयास जारी

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाका नागरिकसँग सम्पर्क विच्छेद भएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चार, सडक तथा यातायात सम्पर्कमा समस्या उत्पन्न भएकाले धेरै व्यक्तिको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ।

स्थानीय प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा उद्धारका लागि पहल भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu