ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : ३५   बजे

काठमाडौँ । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ को प्रदर्शनको पहिलो दिन हुने सम्पूर्ण आम्दानी भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि प्रदान गरिने भएको छ।

फिल्मकी निर्मात्री तथा निर्देशक नीता ढुंगानाले पहिलो दिनको बक्स अफिस आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिएकी छन्।

ढुंगानाले यसअघि बिहीबार बिहान व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरिसकेकी छन्।

‘कर्मले पनि केही गर्नुपर्‍यो भनेर पहिलो दिन जति कलेक्सन हुन्छ, त्यति रकम सबै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दैछौँ,’ उनले बताएकी छन्।

उनका अनुसार फिल्म केवल आर्थिक लाभका लागि मात्र निर्माण गरिएको नभई सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो।

‘हामीले यो फिल्म पैसा कमाउनका लागि मात्र बनाएको होइनौँ,’ उनले भनिन्, ‘मेरो फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन कोषमा दिऊँ भन्ने सोचेर यो निर्णय गरेका हौँ।’

प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने योजना

नीता ढुंगानाले सम्भव भए बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत वितरण गर्ने योजना पनि रहेको बताएकी छन्।

सामाजिक कथावस्तुमा आधारित फिल्म ‘पार्वती’ मा ढुंगानाले मुख्य भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनले अटिजम भएकी एक पात्रको भूमिका निभाएकी छन्।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण धेरैको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। हजारौँ नागरिक विस्थापित तथा घरबारविहीन भएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu