ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सुदूरपश्चिमद्वारा बाढीपहिरो पीडितका लागि १ लाख सहयोग


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : ४५   बजे

 

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको १२औँ बैठकले बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यमा धनगढीमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको हो ।

बैठकले प्रभावितको उद्धार तथा राहतका लागि प्रदेश कमिटीबाट एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाढीपहिरो प्रभावितको पुनर्निर्माण, पुनःस्थापना तथा मृतकका परिवार र घाइतेको उपचारका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग मागसमेत गरिएको छ । बैठकले ‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी बनाउँदै पालिका तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । असोज १५ गतेसम्म जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना निर्माण गर्ने तथा अवधि पुगेका जनसंगठनका अधिवेशन तथा सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।- त्यस्तै, बाँकी जिल्लामा पार्टी स्कुल सञ्चालन गर्ने जिम्मेवारी प्रचार तथा प्रकाशन विभागलाई दिइएको छ ।

एमाले प्रदेश कमिटीले किसानलाई समयमै मल, बीउ तथा कृषि सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । चाडपर्वका समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन र बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि माग गरिएको छ ।बैठकले कालापानी, सुस्ता लगायतका सीमा क्षेत्रमा भइरहेको विदेशी हस्तक्षेपप्रति ध्यानाकर्षण जनाउँदै दार्चुलाको टिंकर र छाङरुलाई नेपालतर्फबाट सडक सञ्जालमा जोड्ने काम अघि बढाउन सरकारसँग माग गरेको छ ।सुदूरपश्चिमको नवगठित प्रदेश सरकारलाई बधाई दिँदै नीति तथा कार्यक्रम र बजेट जनमुखी बनाउन आग्रह गरिएको छ । गोदावरीमा प्रदेश राजधानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी काम अघि बढाउन तथा स्वास्थ्य बिमा सेवा प्रभावकारी बनाउन पनि सरकारसँग माग गरिएको छ । बैठकमा प्रमुख अतिथि लेखराज भट्टले गणतन्त्रको रक्षाका लागि सम्पूर्ण वामपन्थी शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । उनले पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउन र पार्टीभित्र आवश्यक आत्मसमीक्षा गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म पुग्यो

भोटेकोशी बाढीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु

सम्बन्धित

सुदूरपश्चिमको राजधानी निर्माणका लागि मन्त्री भाटले दिए निर्देशन

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu