ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीमा ठूलो बाढीको जोखिम नदेखिएको स्थानीय टोलीको निष्कर्ष, तटीय क्षेत्रमा सतर्कता (भिडियो)


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : ४५   बजे

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा हिमताल फुटेर रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आउन सक्ने सूचनापछि वस्तुस्थिति बुझ्न जनप्रतिनिधि तथा प्रशासनको टोली सीमा क्षेत्र पुगेको छ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारी सम्मिलित टोलीले हेलिकोप्टरमार्फत रसुवागढी नाका तथा आसपासका क्षेत्रको हवाई निरीक्षण गरेको हो।

https://abcnews.com.np/wp-content/uploads/2026/08/MeyHror0TH_wrtu1.mp4

अवलोकनपछि गाउँपालिका अध्यक्ष तामाङले भोटेकोसी नदीमा हाल ठूलो वा असामान्य तथा जोखिमपूर्ण बाढीको अवस्था नदेखिएको जानकारी दिएका छन्। हवाई निरीक्षणका क्रममा नदीको बहाव सामान्य अवस्थामै रहेको पाइएको उनले बताए।

‘नदीको बहाव सामान्य अवस्थामै रहेको छ। आत्तिनुपर्ने स्थिति छैन, तर सचेत र चनाखो चाहिँ हुनुपर्छ,’ अध्यक्ष तामाङले भने।

तिब्बत क्षेत्रमा हिमताल फुटेको सूचना आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र जनप्रतिनिधिको टोलीले सीमा क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन हवाई निरीक्षण गरेको थियो।

हाल नदीको बहाव सामान्य देखिए पनि तटीय क्षेत्रका नागरिकलाई निरन्तर सतर्क रहन आग्रह गरिएको छ। सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन र स्थानीय तहले नदी तथा आसपासको अवस्थामाथि निरन्तर निगरानी राखिरहेको जनाएको छ।

पूर्वतयारी र उच्च सतर्कताले सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आधिकारिक निकायबाट जारी हुने सूचना र निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

रसुवा बाढीपीडितका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

रसुवा बाढीपीडितका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गरिने

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu