ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशमा ७६ लेखा कर्मचारीको एकैपटक सरुवा, २३ अधिकृतसहित ४३ लेखापाल र १० सहलेखापाल फेरिए


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : ४५   बजे

जनकपुरधाम । मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवा, लेखा समूहका ७६ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ।

सरुवा हुनेमा २३ जना अधिकृत, ४३ जना लेखापाल र १० जना सहलेखापाल रहेका छन्। अधिकृततर्फ १८ जना सातौँ तह र पाँच जना आठौँ तहका कर्मचारी रहेका छन्।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले लामो समयदेखि एउटै कार्यालयमा बसेर प्रभाव जमाउँदै आएका कर्मचारीलाई स्थानान्तरण गर्ने उद्देश्यले सरुवा गरिएको बताएका छन्।

उनका अनुसार एउटै स्थानमा लामो समयसम्म कार्यरत रहँदा कर्मचारीको प्रभाव बढ्ने र त्यसले कार्यालयको कामकारबाहीमा समेत असर पर्न सक्ने अवस्था देखिएपछि व्यापक सरुवा गरिएको हो।

‘लामो समयदेखि आफ्नो प्रभाव जमाएर एउटै स्थानमा बसिरहने र कार्यालयलाई कब्जा जस्तो बनाएर राख्ने अवस्था देखिएपछि सरुवा गरिएको हो,’ मन्त्री भट्टराईले भने।

सरुवा सूचीअनुसार अधिकृत तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयमा खटाइएको छ।

त्यस्तै, ४३ जना लेखापाललाई मधेश प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय, प्रदेश लेखा इकाई कार्यालय तथा मातहतका अन्य कार्यालयमा सरुवा गरिएको छ।

धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका विभिन्न कार्यालयमा कार्यरत लेखापालहरूलाई एक कार्यालयबाट अर्को कार्यालयमा पठाइएको छ।

यसैगरी, १० जना सहलेखापालको पनि सरुवा गरिएको छ। उनीहरूलाई धनुषा, सिरहा, महोत्तरी, बारा र पर्सालगायत जिल्लाका विभिन्न कार्यालयमा खटाइएको छ।

अर्थ मन्त्रालयको यस निर्णयसँगै मधेश प्रदेशमा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत लेखा समूहका कर्मचारीहरूको व्यापक हेरफेर भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

रसुवा बाढीपीडितका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

रसुवा बाढीपीडितका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गरिने

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu