काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा फसेका कर्मचारीलाई उद्धार गर्न सुरुङको द्वार खोल्ने तयारी तीव्र पारिएको छ ।
Originally published on abcnews.com.np.
काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा फसेका कर्मचारीलाई उद्धार गर्न सुरुङको द्वार खोल्ने तयारी तीव्र पारिएको छ ।
भोटेकोसी नदीमा आएको बाढीले ६० मेगावाट क्षमताको आयोजनामा क्षति पुर्याएपछि मर्मत कार्यमा खटिएका केही कर्मचारी भूमिगत विद्युत् गृहमा फसेका हुन् ।
आयोजना स्रोतका अनुसार बाढीका कारण भूमिगत विद्युत् गृहसम्म पुग्ने ‘केबल टनल’को प्रवेशद्वार पुरिएको छ । अहिले सोही द्वार खोल्ने काम भइरहेको छ । सुरुङको प्रवेशद्वार खोल्न सके फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकाल्न सकिने अपेक्षा गरिएको छ ।
उद्धार तथा उत्खननका लागि नेपाली सेना र अनुभवी प्राविधिक जनशक्ति परिचालन गरिएको छ । आवश्यक उपकरण प्रयोग गरी सुरुङको द्वार खोल्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । उद्धारका क्रममा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ ।
भोटेकोसी नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण केबल टनलको प्रवेशद्वार पुरिएपछि कर्मचारीहरू भूमिगत विद्युत् गृहमा फसेका हुन् ।
प्रवेशद्वार अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको भए पनि नेपाली सेना, आयोजना तथा प्राविधिक टोलीले उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्