ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएले बाढीपहिरो पीडितका लागि ५ करोडको राहत प्याकेज घोषणा


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ३ : २५   बजे

काठमाडौँ । बाढीपहिरोका कारण त्रिशूली नदीले क्षति पुर्‍याएका विभिन्न क्षेत्रका पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राहत सामग्री वितरण गरेको हो।

स्थलगत निरीक्षणपछि डा. महतोले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएकोभन्दा वास्तविक क्षति निकै भयावह रहेको बताउनुभयो। उहाँले उद्धार तथा राहतको प्राथमिक समय भएकाले खाद्यान्न, लत्ताकपडा, औषधि र टेन्टलगायत सामग्री लिएर प्रभावित क्षेत्रमा आएको जानकारी दिनुभयो।

उहाँका अनुसार पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत वितरण गरिनेछ। त्यसपछि नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा गैरआवासीय नेपालीको भूमिकाबारे छलफल गरिनेछ।

संघकी केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को घडीमा विदेशमा रहेका नेपालीहरूको मनसमेत पीडितसँगै रहेको बताउनुभयो। उहाँले पीडितलाई सहयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो।

राईका अनुसार एनआरएनएले युएन मापदण्डअनुसारका पाल, खाद्यान्न र औषधिजस्ता अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ। राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय र स्थानीय तहसँग समन्वय गरिने उहाँले बताउनुभयो।

विगतमा भूकम्प तथा कोभिड–१९ महामारीका बेला पनि संघले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै राईले आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एनआरएनएको टोलीले नुवाकोटपछि बाढीपहिरोबाट प्रभावित अन्य जिल्लामा पुगेर समेत राहत सामग्री वितरण गर्ने जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायले बेपत्ताको खोजी तथा घाइतेको उद्धार कार्य जारी राखेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Singapore Forest Clearing Plans Spark Rare Public Protests

Nepal Flash Floods Claim Over 500 Lives, Nearly 1,000 Remain Missing

Nepal Rescues 117 Foreign Tourists Following Bhotekoshi River Flash Flood

Four Hydropower Workers Rescued From Rasuwagadhi Project

Nepal PMO Warns Against Unauthorized Fundraising For Flood Victims

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल किन्न सरकारको सैद्धान्तिक सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu