ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश मानसरोवरबाट फर्किने तीर्थयात्रीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ८ : ०५   बजे

काठमाडौं। अध्यागमन विभागले रसुवागढी नाकाबाट तिब्बतको कैलाश मानसरोवर गएका तीर्थयात्रीलाई हुम्लास्थित हिल्सा नाकाबाट नेपाल फर्कन अनुरोध गरेको छ ।

भदौ १० गते रसुवाको टिमुरे हुँदै बग्ने भोटेकोशी नदीमा आएको बाढीले चीन प्रवेश गर्ने सडक, पुललगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएपछि विभागले यस्तो अनुरोध गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै विभागले रसुवाको बाटो भएर फर्कन सक्ने अवस्था नरहेकाले कैलाश मानसरोवरबाट फर्किने विदेशी नागरिकलाई हिल्सा नाका प्रयोग गर्न आग्रह गरेको जनाएको छ ।

विभागका अनुसार भदौ ११ गतेदेखि लागू हुने गरी एक सातासम्म रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर कैलाश मानसरोवर तीर्थयात्रामा गएका विदेशी नागरिक हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा निषेधित क्षेत्रको पदयात्रा दस्तुर तिर्नुपर्ने छैन ।

यस्तै, हिल्सा नाकाबाट फर्किने तीर्थयात्रीका लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बिमा तथा ट्रेकिङ गाइडसम्बन्धी व्यवस्था पनि अनिवार्य नगरिएको विभागले जनाएको छ ।

प्रचलित अध्यागमन कानुनअनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने भएकाले तोकिएको पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा छ ।

तर, हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर कैलाश मानसरोवर तीर्थयात्रीको सहज आवतजावत सुनिश्चित गर्न एक साताका लागि उक्त दस्तुर मिनाहा गरिएको विभागले जनाएको छ ।

हाल कैलाश मानसरोवर तीर्थयात्राको उपयुक्त समय रहेकाले भारतलगायत विभिन्न मुलुकका ठूलो संख्याका नागरिक रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर रसुवागढी नाकाबाट चीन प्रवेश गरेका छन् ।

रसुवा नाका तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था रहेकाले तीर्थयात्रीका लागि हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका नेपाल फर्किने वैकल्पिक मार्ग बनेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

तीन प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा ‘धेरै भारी’ वर्षाको चेतावनी

जनैपूर्णिमामा ढोरबराह मन्दिरमा श्रद्धालुको घुइँचो, उत्तरगंगा मेलाको रौनक

टिमुरे अध्यागमनबाट भदौ १० गते लिएका थिए ९३ जनाले आगमन र प्रस्थान अनुमति

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

भोटेकोसी बाढीमा फसेका ११८ विदेशी पर्यटकको सकुशल उद्धार

लाङटाङ हाइड्रोका १८ कामदार उद्धारको पर्खाइमा, एक जना गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu