ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनैपूर्णिमामा ढोरबराह मन्दिरमा श्रद्धालुको घुइँचो, उत्तरगंगा मेलाको रौनक


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ८ : ५५   बजे

बागलुङ । जनैपूर्णिमाको अवसरमा बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा दर्शनार्थी तथा श्रद्धालुको ठूलो भीड लागेको छ। सडक पहुँच विस्तार भएसँगै जनैपूर्णिमाका अवसरमा ढोरपाटन उपत्यकामा पुग्ने भक्तजनको संख्या वर्षेनि बढ्दै गएको छ।

ढोरबराहको विशेष पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिनदेखि नै भक्तजनहरू ढोरपाटन उपत्यका पुगेका थिए। जनैपूर्णिमाका दिन उत्तरगंगा नदीमा स्नान गरी ढोरबराह भगवानको पूजा–अर्चना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

मन्दिरमा भाकल पूरा भएपछि भेँडाको बलि चढाउने परम्परासमेत रहेको छ। जनैपूर्णिमा तथा चण्डी पूर्णिमाका अवसरमा यहाँ विशेष पूजा–अर्चना र बलिसहित ठूलो मेला लाग्ने गर्दछ।

ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तिमगरका अनुसार म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वतलगायत छिमेकी जिल्लाबाट मात्र नभई सडक सुविधाका कारण देशका विभिन्न स्थानबाट श्रद्धालुहरू उत्तरगंगा ढोरबराहको दर्शनका लागि आउने गरेका छन्।

मन्दिर क्षेत्रमा सयौं भक्तजनले पूजा गरिरहेका छन् भने मनोकामना पूरा भएको विश्वासमा श्रद्धालुहरूले भेँडाको पाठो तथा साँढको बलि चढाउने गरेका छन्।

उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकाले यस स्थानलाई उत्तरगंगा ढोरबराह नामले चिनिने गरिएको स्थानीय बताउँछन्। यहाँ सातमुले, बराहमुल तथा अन्य प्राकृतिक मुहान रहेका छन्। सातमुलेलाई उत्तरगंगा मूलसमेत भनिन्छ र यसै क्षेत्रबाट बाइसधारा निस्कने धार्मिक विश्वास छ।

बराहमूलमा रहेको बहरे गोरुलाई बराह देवताको रूपमा पूजा गर्ने परम्परा पनि रहेको छ। सन्तान प्राप्तिको कामना गर्ने श्रद्धालुहरूले बाइसधारामा स्नान गरी बहरे गोरुको पूजा गर्ने तथा २२ जोर धजा चढाउने गर्छन्।

धार्मिक तथा लोकविश्वासअनुसार जनैपूर्णिमाको दिन ढोरपाटन क्षेत्रमा विशेष धार्मिक महत्त्व रहेको छ। ढकमक्क फुलेका फूलबीच बलि राजा प्रकट हुने र उनको स्वागतका लागि उत्तरगंगा मेला लाग्ने लोककथनसमेत प्रचलित छ।

उत्तरबाहिनी नदीलाई पवित्र मानिने भएकाले यहाँ पितृलाई तर्पण दिने, मृतकका कपडा बगाउने तथा विभिन्न धार्मिक कर्म गर्ने परम्परा रहेको छ। मागेको वर पूरा भएपछि उत्तरगंगा बराह देवतालाई भेँडाको बलि चढाउने चलनले पनि यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप विशेष बनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

तीन प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा ‘धेरै भारी’ वर्षाको चेतावनी

टिमुरे अध्यागमनबाट भदौ १० गते लिएका थिए ९३ जनाले आगमन र प्रस्थान अनुमति

कैलाश मानसरोवरबाट फर्किने तीर्थयात्रीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

भोटेकोसी बाढीमा फसेका ११८ विदेशी पर्यटकको सकुशल उद्धार

लाङटाङ हाइड्रोका १८ कामदार उद्धारको पर्खाइमा, एक जना गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu