ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुविधासम्पन्न अस्पताल कर्मचारी अभावमा तीन वर्षदेखि बन्द


admin

बझाङ, ६ चैत । बझाङको छविस पाथिभेरा गाउँपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्लाकै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा तीन वर्षदेखि बन्द भएको छ ।

अस्पताल बन्द भएपछि झण्डै एक करोडभन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पुगेका छन । साबिकको मटेला गाविसको जिउली गाउँस्थित डोब्रा सामुदायिक अस्पताल बेवारिसे भएपछि भवनका झ्याल ढोकाहरु तोडफोड भएका छन । भित्र रहेका उपकरणहरुमा पनि क्षति पुगेको छ ।

अस्पतालमा रहेका उपकरणहरु लाखौं मुल्य पर्ने एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्षी, उपचारका औजारहरु खिया लाग्ने अवस्थामा छन ।

बचे खुचेको औसधी पनि सडेको छ । कोठा भित्रका फर्निचर र उपकरणहरु धुलाम्मे छन । झट्ट हेर्दा अस्पताल कवाडी भण्डार जस्तो देखिन्छ । भाडेवगर जयपृथ्वी नगर सडक खन्दा डोजरले अस्पतालको आगनको डिल ताछेपछि अस्पतालका ४ वटामध्ये एउटा भवन चर्किएर भत्किनै लागेको छ भने दुइवटा अरु भवन पनि जोखिममा छन ।

‘केटाकेटी र गोठालाहरुको खेल्ने ठाउँ भएको छ । स्थानीय शान्ति रेग्मीले भनिन– ‘जसले जे गरे पनि कसैलाई मतलब छैन । हुँदा हुँदा घर पनि काम नलाग्ने भैसक्यो ।’ स्थानीयय स्तरमा गुणस्तरीय सेवा दिइरहेको अस्पताल हेर्दाहेर्दे खतम भएको उनले बताइन ।

‘‘जङ्गल छेउमा भएको हुँदा पशु चौपायाको चरन स्थल र केटाकेटीको खेल्ने ठाउँ भएको छ’ व्याँसीकी सर्मिला थापाले भनिन– ‘पहिला बिरामी पर्दा घर नजिकै उपचार पाइएला भनेर पेटमा पटुका कसेर श्रमदान गर्यौ, अहिले अस्पतालको हालत यस्तो छ ।’

यो अस्पताल २०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार साविक ब्याँसी गाविसको ७० हजार, मटेला गाविसको ३ लाख र स्थानीय बासिन्दाको ५० लाख भन्दा बढी जनश्रमदानबाट निर्माण भएको थियो ।

राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट तीन जना, अनमी एकजना र दुई जना अहेब पदका स्वयंसेवक कर्मचारी खटाएपछि यो अस्पताल ४ वर्ष जति संचालनमा आएको थियो । ‘स्वयंसेवकहरुको अवधि सकिएपछि उनीहरु फर्किएनन् । अरु कर्मचारीको व्यवस्था गर्न सकिएन’ अस्पताल व्यवस्थापन समितिका सचिव खड्क रावलले भने ‘कर्मचारी खटाई दिनका लागि धेरै ठाउँमा पहल गर्यौ । कतैबाट सहयोग भएन ।’

आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागि पटक–पटक पहल गरे पनि कतैबाट वास्ता नगरिएको पछि आफुहरुले सहयोगको लागि पहल गर्नै छोडेको उनले बताए ।

अस्पताल बन्द भएपछि छविस पाथिभेरा र दुर्गाथली गाउँपालिका क्षेत्रका साविकका आठ गाविसका बासिन्दालाई सामान्य उपचारका लागि सदरमुकाम र बाहिरी जिल्ला धाउनु पर्ने बाध्यता रहेको र आपतकालिन उपचार नपाएर कतिपयले ज्यान गुमाइ सकेको उनले बताए ।

व्यवस्थापन समितिका पदाधिकारीले यस्तो बताएपनि व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल बन्द हुन पुगेको स्थानीयहरुको आरोप छ । अस्पताल बन्द भए पनि भौतिक संरचना र उपकरणको सुरक्षामा समितिले व्यवास्ता गरेको स्थानीयको भनाइ छ ।

अस्पताललाई पुनसंचालनमा ल्याउनका लागि गाउँपालिकाले पहल गर्ने सोच बनाएको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । उनले अस्पताल व्यवस्थापन समितिसँग छलफल गरेपछि अस्पताललाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com