ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ६ : ०५   बजे

काठमाडौं । नुवाकोटमा रहेको अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घटनास्थलको अवस्था अत्यन्त कठिन र जोखिमपूर्ण रहेको छ।

क्याम्प क्षेत्र पहिरोको लेदोले पुरिएपछि त्यहाँ फसेकाहरूको खोज तथा उद्धारसँगै घटनास्थलसम्म पहुँच स्थापित गर्ने काम चुनौतीपूर्ण बनेको मन्त्रालयले जनाएको छ। जोखिमपूर्ण अवस्था रहे पनि उद्धार र पहुँच निर्माणको काम निरन्तर भइरहेको मन्त्रालयको भनाइ छ।

घटनास्थलको अवस्थाबारे जानकारी लिन हेलिकप्टरमार्फत पटक–पटक हवाई निरीक्षण भइरहेको छ। हवाई निरीक्षणबाट प्राप्त सूचनाका आधारमा खोज तथा उद्धारको रणनीति तय गरी काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

उद्धार तथा घटनास्थलसम्म पहुँच स्थापना गर्न आवश्यक उपकरणसमेत हेलिकप्टरमार्फत पुर्‍याइएको छ। उपकरण परिचालन गरी घटनास्थलमा उद्धार तथा पहुँच निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।

आयोजनाले मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। सबैको सुरक्षित उद्धार नभएसम्म खोज तथा उद्धार प्रयास निरन्तर जारी राखिने आयोजनाको भनाइ छ।

घटनास्थलको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै आयोजनाले अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। आयोजनाले घटनासम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीम उपाध्यायले ‘फेक क्यूआर’ बनाएर प्रचार गरेको हर्क साम्पाङको आरोप

बाढी–पहिरोले देशभरका सडक प्रभावित, दर्जनौँ राजमार्ग अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

भीम उपाध्यायले ‘फेक क्यूआर’ बनाएर प्रचार गरेको हर्क साम्पाङको आरोप

बाढी–पहिरोले देशभरका सडक प्रभावित, दर्जनौँ राजमार्ग अवरुद्ध

Cambodia Claims End to Scam Compounds Amid Skepticism

Trump Announces Creation Of US Space Academy

Spain Seeks Frontex Assistance as Thousands of Migrants Remain in Ceuta

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu