ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा पहिचान नभएका २२९ शव व्यवस्थापन गरिने


ABC NEWS
१३ भदौ २०८३, शनिबार   १० : ०५   बजे

 

नारायणगढ । रसुवा बाढीमा परी चितवनमा फेला परेका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये चारवटाको मात्र पहिचान भएको छ। बाँकी शवमध्ये केही होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। लामो समयदेखि राखिएका शव सडगलिसकेको र पहिचान गर्न कठिन अवस्था रहेकाले संक्रमणको जोखिमसमेतलाई ध्यानमा राख्दै सम्मानजनक तथा कानुनी प्रक्रियाबाट व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ। शव व्यवस्थापन गर्नुअघि आवश्यक नमुना संकलन गरी डीएनए परीक्षणका लागि सुरक्षित राखिनेछ। पहिचान नभएका शव तथा अवशेषलाई भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव गाडिएपछि पनि आफन्तले डीएनए परीक्षण तथा अभिलेखका आधारमा भविष्यमा सनाखत गर्न सक्ने व्यवस्था मिलाइनेछ। यसैबीच, जलदेवी सामुदायिक वनले बाढीमा परी मृत्यु भएकाहरूको दाहसंस्कारका लागि आवश्यक दाउरा निःशुल्क उपलब्ध गराउने भएको छ। चितवनमा भेटिएका शव दाहसंस्कार गर्न आवश्यक परेमा निःशुल्क दाउरा उपलब्ध गराइने वनका सचिव माधव भुसालले जानकारी दिनुभयो। जिल्ला प्रशासनको अनुरोधअनुसार शव व्यवस्थापनका लागि आवश्यक जमिनसमेत उपलब्ध गराइएको उहाँले बताउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

रसुवा बाढीले बीमा क्षेत्रमा पनि बढायो जोखिम, भूकम्प र जेनजी आन्दोलनभन्दा ठूलो दाबी आउन सक्ने

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

जलविद्युत् आयोजनामा संकट : १३ आयोजना प्रभावित, ९३३ जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu