ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँ: लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ०५   बजे

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा दुई करोड दुई लाख ८३ हजार १०४ रुपैयाँ बक्यौता असुल गरेको छ ।

वितरण केन्द्रका अनुसार उक्त आर्थिक वर्षमा दुई करोड ५७ लाख ८८ हजार २८० रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी थियो । बक्यौता तिरेपछि ७९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए ।

बक्यौता असुलीका लागि प्राधिकरणले नियमित रूपमा लाइन काट्ने अभियान सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा लाइन काटेर एक करोड २७ लाख १५ हजार ७८६ रुपैयाँ बक्यौता असुल गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा एक हजार ४३६ ग्राहकको लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार ७०० रुपैयाँ बक्यौता उठाइएको थियो ।

तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट केन्द्रले एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ रुपैयाँ आम्दानी गरेको इन्जिनियर आलेले बताए ।

सो अवधिमा एक हजार ८९५ नयाँ मिटर जडान गरिएको छ । त्यस्तै, ४९ वटा ट्रान्सफर्मर जलेपछि तिनको स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ भने विद्युत् आपूर्ति व्यवस्थापन सुधारका लागि १० वटा नयाँ लोड सेन्टर थप गरिएको केन्द्रले जनाएको छ ।

६ सबस्टेसन, चार हजार किलोमिटरभन्दा बढी वितरण लाइन

तनहुँ वितरण केन्द्रअन्तर्गत हाल छ वटा सबस्टेसन र ३० वटा ११ केभी फिडर सञ्चालनमा छन् । केन्द्रको सेवा क्षेत्रभित्र १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन तथा चार हजार ३२८ किलोमिटर ०–४/२३ केभी वितरण लाइन रहेका छन् ।

केन्द्रअन्तर्गत ६७३ वटा ट्रान्सफर्मर सञ्चालनमा छन् ।

वितरण केन्द्रले तनहुँका १० स्थानीय तहसँगै कास्कीको रुपा गाउँपालिका–३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं. १ देखि ५ सम्म तथा नवलपुरका बौदीकाली र बुलिङटार गाउँपालिकाका केही क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ ।

तनहुँ वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी कुल १७० जना कर्मचारी कार्यरत छन् ।

केन्द्रले विद्युत् लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नतिको काम गर्दै आएको छ । साथै आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप गर्ने, नयाँ मिटर जडान गर्ने तथा मिटरसम्बन्धी ग्राहकका गुनासो व्यवस्थापन गर्ने कामसमेत भइरहेको जनाएको छ ।

केन्द्रले ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले वितरण प्रणाली सुधार तथा पूर्वाधार विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu