ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालबाट पानी बाहिरिन थाल्यो, जोखिम कम


ABC NEWS
१४ भदौ २०८३, आइतबार   १० : ४५   बजे

काठमाडौं । नेपाल–चीन सीमानजिकै पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल भरिएपछि पानी बाहिर बग्न थालेको छ । चिनियाँ अधिकारीहरूले आइतबार तालबाट पानीको निकास सुरु भएसँगै हाल समग्र स्थिति नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा अधिकारीहरूले कृत्रिम ताल भरिएर पानीको निकास सुरु भइसकेको र हाल अवस्था स्थिर रहेको बताएका छन् । उनीहरूका अनुसार ताल पूर्ण रूपमा भत्किने जोखिम पनि तुलनात्मक रूपमा निकै कम रहेको छ ।

चिनियाँ प्रारम्भिक अध्ययनअनुसार लाङटाङ लिरुङ हिमशृंखलानजिकै रहेको हिमनदीको ठूलो भाग भत्किएर नदीमा खसेपछि विशाल हिमपहिरो तथा पहिरो गएको थियो । हिउँ, चट्टान र पानी मिसिएको भीषण लेदो केरुङ नाकासम्म पुग्न ६ देखि ७ मिनेट मात्रै लागेको प्राविधिक अध्ययनले देखाएको छ ।

यति छोटो समयमा बाढी सीमा क्षेत्रमा आइपुगेकाले त्यहाँ रहेका नागरिक तथा तीर्थयात्रीलाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय नपाएको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर, थुनिएको तालबाट पानी क्रमशः बाहिरिन थालेपछि तल्लो तटीय क्षेत्रमा थप ठूलो बाढी आउन सक्ने जोखिम केही कम भएको उनीहरूको भनाइ छ ।

नेपालतर्फ भने भोटेकोशी तथा त्रिशूली नदी किनारका क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

अमेरिकाले नेपालका बाढीपीडितलाई ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

विराटनगरमा चोरी गरेर भाग्ने क्रममा तीन तलाबाट खसेर एक जनाको मृत्यु

उपल्लो मुस्ताङमा हिमताल र बाढीको जोखिमबारे ड्रोनबाट अनुगमन

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा हिमताल र बाढीको जोखिमबारे अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu