वाशिङ्टन डिसी, भदौ १४ गते । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनता कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा अमेरिकाले साथ दिँदै जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको हो । विज्ञप्तिअनुसार उक्त सहयोगबाट १० हजार बाढीपीडितलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइनेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्