ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो


ABC NEWS
१४ भदौ २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको उद्धार कार्य सरकारले रातभर जारी राखेको जनाएको छ ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार आइतबार बिहान करिब ४ बजे आयोजनास्थलमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ । नदीको सतह अत्यधिक बढेपछि आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान हुन थालेको कार्यालयले जनाएको छ ।

सरकारले उच्च सतर्कता अपनाउँदै आयोजना क्षेत्रमा जमेको माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरण परिचालन गर्ने तयारी गरेको छ । आयोजना क्षेत्रको समग्र क्षति तथा अवस्थाको अवलोकन गर्दै उद्धार र व्यवस्थापनको काम अघि बढाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ आयोजनाको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स सुरक्षित रूपमा निकाल्न हेलिकोप्टरमार्फत विशेष टोली परिचालन गर्ने तयारीसमेत गरिएको छ ।

सडक पहुँच अवरुद्ध रहेकाले पुरिएको भवननजिकै हेलिकोप्टरबाट टोली उतारेर महत्वपूर्ण उपकरण निकाल्ने तयारी गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Rescuers Resume Efforts to Reach Workers Trapped in Hydropower Tunnels

Search And Rescue Underway At Trishuli-3 ‘B’ Hydropower Project

Nepal Flash Floods Claim Over 700 Lives, Rescue Efforts Continue

Nepal’s Land Reform Faces Challenges Beyond Ownership

Upper Mustang Authorities Increase Monitoring After Deadly Flooding In Neighboring Region

धादिङमा बाढीले चार घर बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu