काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४, चिरौदी खोलाको छेउमा रहेका चारवटा घर आइतबार बिहान आएको बाढीले बगाएको छ। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीका अनुसार भदौ १० गते आएको बाढीका कारण घरहरू पहिल्यै चर्किएका थिए। त्यही कारण कमजोर बनेका घरहरू आइतबार बिहान खोलामा आएको बाढीले बगाएको हो। “आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ। भदौ १० को बाढीले तलबाट चर्काएको हुन सक्छ। आज चार घर बगाएको हो,” वडाध्यक्ष कार्कीले बताए। उनका अनुसार घटनामा मानवीय क्षति भएको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्