ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास


ABC NEWS
१४ भदौ २०८३, आइतबार   १ : ३५   बजे

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा हिम–चट्टान खसाइपछि बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास भएको छ। चीनको जलस्रोत मन्त्रालयको जलवैज्ञानिक आपत्कालीन अनुगमन टोलीको पछिल्लो विवरण उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले तालमा जम्मा भएको पानी प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली भएको जनाएको छ।

नेपालको छोछेन खोला र चीनतर्फको पुरेपु साङ्पो नदीको संगमस्थल नजिकै पहिरोका कारण बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानीजम्मा भएको थियो। सुरुमा तालमा पानीको मात्रा बढ्दै गएपछि त्यसबाट पुनः ठूलो बाढी आउन सक्ने जोखिम देखिएको थियो। तर पछिल्लो अनुगमनमा पानी प्राकृतिक बहावमार्फत बाहिरिएपछि जोखिम घटेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनको जलस्रोत मन्त्रालयका अनुसार आपत्कालीन जलवैज्ञानिक अनुगमन टोलीले तालको पानीको अवस्था निरन्तर निगरानी गरिरहेको थियो। पछिल्लो अवस्थाअनुसार तालमा थुनिएको पानी लगभग पूर्ण रूपमा बाहिरिएको र अहिले पानी सामान्य प्राकृतिक बहावमा बगिरहेको छ।

यसअघि उपग्रहबाट प्राप्त तस्बिरले पनि तालको क्षेत्रफल क्रमशः घट्दै गएको देखाएको थियो। बिहीबारको तुलनामा शनिबार बिहानसम्म तालको सतह करिब २१ हजार वर्गमिटरले घटेको चिनियाँ पक्षले जनाएको थियो।

केरुङ क्षेत्रमा १६ जनाको मृत्यु, ५४६ बेपत्ता

यसैबीच नेपाल–चीन सीमाको केरुङ बन्दरगाह क्षेत्रमा गएको विनाशकारी पहिरोमा परी १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। तिब्बत स्वायत्त क्षेत्रको सरकारले शनिबार साँझ ६ बजेसम्मको विवरणका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

बेपत्ता ५४६ जनामध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। तीमध्ये १०४ जना नेपाली नागरिक रहेका छन्। यस्तै, ४९ जना भारतीय, ३३ जना लाटभियाली, १८ जना अमेरिकी, १५ जना बेलायतीलगायत विभिन्न देशका नागरिक बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ। सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई घटनाबारे जानकारी गराइएको चिनियाँ पक्षले जनाएको छ।

विपत्तिपछि चीनले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। चिनियाँ अधिकारीका अनुसार प्रभावित क्षेत्रमा २ हजार १४१ जना उद्धारकर्मी, २६९ वटा सवारीसाधन र ३ हजार ९०० भन्दा बढी उद्धार उपकरण परिचालन गरिएको छ। उद्धार कार्य सहज बनाउन पहिरोले अवरुद्ध सडक खुलाउने कामसमेत भइरहेको छ।

सम्भावित दोस्रो विपत्तिको जोखिमलाई ध्यानमा राख्दै दुईवटा प्राकृतिक रूपमा बनेका तालको निगरानीसमेत भइरहेको थियो। त्यसका लागि उपग्रहबाट प्राप्त तस्बिर, पहाडी ढलानको निगरानी गर्ने राडार तथा नदीको जलप्रवाह मापन गर्ने उपकरण प्रयोग गरिएको चिनियाँ पक्षले जनाएको छ।

तालको पानी पूर्ण रूपमा निकास भएसँगै त्यसबाट हुनसक्ने थप आकस्मिक बाढीको जोखिम भने घटेको छ। तर पहिरो प्रभावित हिमाली क्षेत्रमा थप पहिरो तथा अन्य भौगोलिक जोखिमको सम्भावना रहेकाले निगरानी र खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

यसैबीच, चीनले नेपालतर्फ पनि राहत तथा उद्धार सहयोग बढाएको छ। आइतबार बिहान चीनबाट दुईवटा वाई–२० विमानमार्फत राहत सामग्री र उद्धार विशेषज्ञ नेपाल आइपुगेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

धादिङमा बाढीले चार घर बगायो

एनआईएमबी बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार स्टारलिंक, सरकारको अनुमति पर्खिंदै

सुनको भाउमा ठूलो गिरावट, तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

अमेरिकाले नेपालका बाढीपीडितलाई ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu