ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार स्टारलिंक, सरकारको अनुमति पर्खिंदै


ABC NEWS
१४ भदौ २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि आपत्कालीन सञ्चारका लागि बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन स्टारलिंक तयार भएको छ ।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले सडक, पुल तथा मोबाइल नेटवर्कको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि उद्धार तथा राहत कार्यमा सञ्चार चुनौती बनेका बेला स्टारलिंकले आवश्यक उपकरण तत्कालै तैनाथ गर्न तयार रहेको जनाएको हो ।

कम्पनीले नेपाल सरकारको अनुमति पाएलगत्तै प्रभावित क्षेत्रमा इन्टरनेट किट पठाएर सेवा सञ्चालन गर्न सकिने जनाएको छ । स्टारलिंकले नेपाल सरकार तथा मानवीय सहायता साझेदारलाई आपत्कालीन सञ्चारमा सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै अनुमति पर्खिरहेको जनाएको छ ।

‘सरकारले अनुमति दिएलगत्तै किट तैनाथ गरी नेपाल सरकार र मानवीय सहायता साझेदारलाई सहयोग गर्न तयार छौँ,’ स्टारलिंकले भनेको छ ।

भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल–तिब्बत सीमा क्षेत्रसहित उत्तरी जिल्लामा ठूलो क्षति भएको भन्दै स्टारलिंकले दुःख व्यक्त गरेको छ । सडक, पुल र मोबाइल नेटवर्कको पहुँच अवरुद्ध भएको अवस्थामा स्याटेलाइट इन्टरनेट उद्धार तथा राहतका लागि महत्वपूर्ण वैकल्पिक सञ्चार माध्यम बन्न सक्ने कम्पनीको भनाइ छ ।

स्टारलिंकका अनुसार स्याटेलाइट इन्टरनेटमार्फत उद्धार टोलीले खोज तथा उद्धार अभियानमा आवश्यक समन्वय गर्न, स्वास्थ्यकर्मीले घाइतेको उपचारका क्रममा सञ्चार कायम राख्न तथा परिवारले सम्पर्कविहीन आफन्तसँग सम्पर्क गर्न सक्नेछन् ।

विद्युत्को स्रोत र आकाशतर्फ स्पष्ट दृश्य उपलब्ध भएमा स्टारलिंकको किट जडान गरेको केही मिनेटमै उच्च गतिको तथा कम विलम्बता भएको इन्टरनेट सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

बाढी र पहिरोका कारण विशेषगरी रसुवालगायत उत्तरी क्षेत्रमा सडक तथा सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यस्तो अवस्थामा स्थलीय पूर्वाधारमा निर्भर नहुने स्याटेलाइट इन्टरनेटले उद्धार, राहत तथा प्रभावित नागरिकबीच सम्पर्क कायम गर्न वैकल्पिक सञ्चारको भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

धादिङमा बाढीले चार घर बगायो

एनआईएमबी बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास

सुनको भाउमा ठूलो गिरावट, तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

अमेरिकाले नेपालका बाढीपीडितलाई ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu