ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   २ : ४५   बजे

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७ सय ५२ पुगेको छ । यस्तै, बाढीपछि २ हजार ५ सय २ जना सम्पर्कविहीन रहेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार दिउँसो १ बजेसम्म नदी किनार तथा विभिन्न प्रभावित क्षेत्रमा ७ सय ५२ जनाको शव फेला परेको हो ।

सबैभन्दा धेरै चितवनमा २ सय ५९ जनाको शव फेला परेको छ । त्यस्तै रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १ सय ८४, नवलपरासी पश्चिममा १ सय र तनहुँमा ३६ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि विभिन्न क्षेत्रबाट २ हजार ५ सय २ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ । तीमध्ये सबैभन्दा धेरै जलविद्युत् आयोजनामा कार्यरत ९ सय ३३ जना सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको कार्य सुरक्षाकर्मी र अन्य उद्धार टोलीले निरन्तर गरिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजका कार्यक्रम स्थगित गरेर भोटेकोसी बाढीपीडितलाई सहयोग

त्रिशूली-३ ‘ए’मा प्वालमार्फत पठाउन थालियो अक्सिजन

सम्बन्धित

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

एनआईएमबी बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu