ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ६ : ४५   बजे

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा विभिन्न पदमा प्यानलबाट निर्वाचन लड्दै वरिष्ठ उपाध्यक्षसम्म बनेका उत्तममान बुद्धाचार्यले आगामी निर्वाचनमा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

संघको ३६औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधान र संस्थागत प्रणालीअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा उनले लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए ।

यसअघिको निर्वाचनमा प्यानलबाट प्रतिस्पर्धा गरेका बुद्धाचार्यले यसपटक भने स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिनुको कारणबारे पत्रकारको प्रश्नमा समूहमा विभिन्न व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको बताए ।

उनले आफू २०४१ सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्थामार्फत समेत काम गर्दै आएको उल्लेख गरे । व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भूमिका संघले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

‘अब मलाई संघमा पर्याप्त समय दिने अवस्था छ । व्यवसायमा समय दिँदा मैले व्यवसायीका समस्या आफैं भोगेको र बुझेको छु । ती समस्यालाई समाधानका लागि सम्बन्धित निकायसम्म लैजाने माध्यम संघ हो,’ बुद्धाचार्यले भने ।

यसअघि प्यानलबाट निर्वाचनमा सहभागी भए पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको विषयमा उनले आफू निर्वाचित भए सबैलाई साथमा लिएर अघि बढ्ने बताए ।

‘जितेर आए पनि उही साथीहरूसँग काम गर्ने हो । जो साथीहरू आउनुहुन्छ, उहाँहरूलाई सँगै लिएर त्यही टिम बनाएर काम अगाडि बढाउने हो,’ उनले भने ।

संघको वरिष्ठ उपाध्यक्षका रूपमा बिताएका दुई वर्षमा आफूले जिम्मेवारीपूर्वक काम गरेको बुद्धाचार्यले बताए । संस्थाको नेतृत्व व्यक्तिभन्दा विधान र संस्थागत प्रणालीअनुसार हुनुपर्नेमा उनले जोड दिए ।

‘व्यक्तिकेन्द्रित भए संस्था दिगो रहँदैन, विधानले संस्था चल्छ । मैले विधानले नै संस्था चलाउने हो,’ उनले भने ।

बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्ने उनको भनाइ छ ।

उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायीका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन, लगानी र स्थानीय उत्पादन प्रवर्द्धनसम्मका १७ बुँदा समेटिएका छन् ।

प्रतिबद्धता पत्रमा व्यवसायीका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टिम, व्यवसायिक डेटा बैंक, डिजिटल प्रविधि तथा एआईको प्रयोग, युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्द्धनलगायतका विषय समावेश छन् ।

स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘लोकल टु ग्लोबल’ अभियान तथा पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढाउन ‘बाइ पोखरा’ अभियान सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन् ।

त्यस्तै, व्यवसायीको मौज्दात व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्‍याउन ‘मिड इयर सेल’, व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्द्धन, खेल पर्यटन र ‘ग्रेटर पोखरा’को अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ ।

‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’लाई मूल ध्येय बनाउँदै संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बुद्धाचार्यले प्रतिबद्धता जनाएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Life in Iran Six Months Into War: Economic Hardship and Growing Discontent

Ukraine Arms Depot Strike Death Toll Climbs to 38

Ferry Capsizes Off Northern Cyprus, One Confirmed Death

Khamenei Calls for Gulf Unity Amidst Strait of Hormuz Tensions

Netanyahu’s Son Evacuated From US Following Threat

भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu