ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : २५   बजे

हेटौँडा । भोटेकोसीमा भदौ १० गते बिहान एक्कासि आएको भीषण बाढीले रसुवामा कार्यरत हेटौँडाका उद्धव खड्काको ज्यान लियो। बाढीपछि उनकी पत्नी निरू खड्का र छोरी निमिसा भने उद्धार भएर हेटौँडा फर्किन सफल भए।

बाढीले क्षति पुर्‍याएका दृश्यहरू सामाजिक सञ्जालमा छाउन थालेपछि हेटौँडामा रहेका उद्धवका आफन्तले उनलाई फोन गर्न थालेका थिए। पत्नी र छोरीसहित रसुवाको चिलिमे हाइड्रोपावरमा काम गर्न गएका उद्धवको फोन सम्पर्क हुन नसकेपछि उनका दाइ उत्तम खड्का अत्तालिए।

परिवारका अन्य सदस्यले पनि निरन्तर फोन सम्पर्कको प्रयास गरे। तर, न उद्धवको नम्बरमा फोन लाग्यो, न उनकी पत्नी निरूको नम्बरमा।

भोलिपल्ट, भदौ ११ गते, हेटौँडा उपमहानगरपालिकाको टोली उद्धवसहित सम्पर्कविहीन नागरिकको खोजी गर्न रसुवातर्फ लाग्यो। सडक अवरुद्ध भएका कारण टोली काठमाडौँ पुगेर रोकियो।

काठमाडौँका विभिन्न अस्पतालमा राखिएका बिरामी तथा उद्धार गरिएका व्यक्तिहरूको सूची हेर्दा हेटौँडाका कोही नभेटिएपछि टोली भदौ १२ गते बिहानै नुवाकोटतर्फ लाग्यो। दिनभर टोली नुवाकोटमै खोजीमा जुट्यो।

रसुवाबाट उद्धार गरिएका व्यक्तिमध्ये हेटौँडाका नागरिक पनि हुनसक्ने आशंकामा हेटौँडाकी मेयर मीनाकुमारी लामासहितको टोली नुवाकोटमै रोकिएको थियो।

नेपाल प्रहरीले हेलिकोप्टरमार्फत उद्धार गरेका व्यक्तिहरूको सूचीमा दुई जना हेटौँडाका नागरिकको नाम भेटियो—निरू खड्का र निमिसा खड्का।

निरू मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५, ढुंगेधारा टोलका उद्धव खड्काकी पत्नी हुन् भने निमिसा उनीहरूकी छोरी हुन्।

केहीबेरको प्रतीक्षापछि निरू र निमिसाको उद्धार गरियो। उनीहरूलाई हेटौँडा ल्याउने व्यवस्था मिलाइयो।

उद्धव पनि कतैबाट उद्धार भएर सुरक्षित स्थानमा बसेका होलान् भन्ने विश्वास निरूमा थियो। तर, उनको कुनै खबर आएन।

निरू र निमिसा भेटिएपछि परिवारका सदस्यहरू उद्धवको खोजीमा थप सक्रिय भए। अस्पतालदेखि विभिन्न सम्भावित स्थानसम्म खोजी गरियो। लामो समयसम्म पनि उद्धवको कुनै जानकारी नआएपछि परिवारमा चिन्ता झन् बढ्दै गयो।

अन्ततः भदौ १२ गते नवलपरासीमा उद्धवको शव फेला पर्‍यो।

दुई वर्षअघि पुगेका थिए रसुवा

उद्धव दुई वर्षअघि चिलिमे हाइड्रोपावरमा काम गर्न रसुवा पुगेका थिए। उनी टिपर चालकका रूपमा कार्यरत थिए।

पत्नी निरू र छोरी निमिसालाई पनि उनले आफूसँगै रसुवा लगेका थिए। हाइड्रोपावर नजिकै कोठा भाडामा लिएर उनले परिवारलाई राखेका थिए।

कामको व्यस्तताका कारण उद्धव सातामा एक दिन मात्र परिवारसँग बस्न कोठामा आउने गरेका थिए। बाढी आएको दिन उनी हाइड्रोपावरकै काममा थिए। त्यही क्रममा भीषण भोटेकोसीको बाढीले उनलाई बगायो।

यता, डेरामा रहेका निरू र उनकी छोरी निमिसा भने भागेर ज्यान जोगाउन सफल भए।

बजारभरि बाढी आएको हल्ला चल्न थालेपछि निरूले अन्य मानिसहरूसँगै छोरीलाई लिएर सुरक्षित स्थानतर्फ भागेकी थिइन्। त्यसैकारण उनीहरू बाँच्न सफल भए।

हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार उद्धव शनिबार कोठामा आएका थिए र आइतबार काममा गएका थिए। छोरीलाई विद्यालय जान सहज होस् भनेर उनले विद्यालय नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका थिए।

वडाध्यक्ष घिमिरेले नेपालखबरसँग भने, “अघिल्लो दिनसम्म पनि फोनमा कुराकानी भइरहेको थियो रे। तर, त्यो दिन बिहान एक्कासि बाढी आयो। बाढीमा परेर उद्धवको मृत्यु भयो। श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन्।”

उद्धवलाई शवसँगै घर फर्काउनुपर्‍यो

भोटेकोसीको बाढीले परिवारको साथ मात्र छुटाएन, उद्धवलाई उनीहरूबाट सधैँका लागि खोस्यो।

निरू र निमिसा उद्धार भएर हेटौँडा फर्किए। तर, उद्धवको खोजी भने उनको शव भेटिएपछि मात्रै टुंगियो।

परिवारले लामो समयसम्म उद्धव जीवितै भेटिने आशा गरिरह्यो। अन्ततः उनको शवसँगै उनलाई घर फर्काउनुपर्‍यो।

वडाध्यक्ष घिमिरेका अनुसार उद्धवको शव शनिबार नवलपरासीबाट हेटौँडा ल्याएर दाहसंस्कार गरिएको छ। उनका दाइ उत्तम खड्काले भाइको काजक्रिया गरिरहेका छन्।

एकैछिनमा आएको भीषण बाढीले परिवारलाई टुक्राइदियो—पत्नीले श्रीमान् गुमाइन्, छोरीले बाबु गुमाइन्। निरू र निमिसा उद्धार भएर घर फर्किए, तर उद्धव भने बाढीसँगै सधैँका लागि अस्ताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्पीडितलाई सहयोग गर्ने दातालाई कर छुट, सरकारले कसरी कार्यान्वय गर्छ, दाताले कसरी दावी गर्ने ?

भोटेकोसीले बगाएको घर, सम्झनाका लागि एउटा ढुंगा : देवीघाटमा बाँचेका जीवनका कथा

रसुवा बाढीको क्षतिबारे एमालेको स्थलगत अध्ययन, ओलीलाई बुझायो प्रतिवेदन

बागमती प्रदेश सरकारले विपद् प्रभावित चार जिल्लालाई ३ करोड दिने

रसुवा बाढीपछि हिल्सा नाकाबाट फर्किए १४९ भारतीय पर्यटक

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu