काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको बांगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्यससँगै बहराइनले ब्याटिङ सुरु गरेको छ।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ। यसपटकको टोलीमा अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख, कुशल भुर्तेल, नन्दन यादव र भीम सार्की छैनन्। उनीहरूको स्थानमा अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, बसिर अहमद, शेर मल्ल र हेमन्त धामीलाई टोलीमा समेटिएको छ।
प्रिमियर कपमा नेपाल रहेको समूह ‘ए’ मा आयोजक मलेसिया, हङकङ, साउदी अरेबिया र बहराइन छन्। समूह ‘बी’ मा ओमान, सिंगापुर, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।
दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल आगामी सेप्टेम्बर १२ मा हुनेछ।
एसीसी प्रिमियर कपको उपाधि जित्ने टोलीले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ। त्यसैले नेपालका लागि प्रतियोगिता एसिया कपमा फर्कने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्