पोखरा । पाल्पाली समाज पोखरा र सिटिजन फर्निचरको आयोजनामा पाल्पाको ऐतिहासिक लाखे नाच आइतबार राति पोखराको न्यूरोडमा प्रदर्शन गरिएको छ।
करिब ५०० वर्ष पुरानो इतिहास बोकेको पाल्पाको लाखे नाच तानसेन तथा भैरवस्थानमा नेवार समुदायले गुठी स्थापना गरी सुरु गरेको मानिन्छ।
परम्परागत संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले पोखरामा लाखे नाच प्रदर्शन गरिएको आयोजकले जनाएको छ। पाल्पाको लाखे नाच अन्य क्षेत्रको लाखे नाचभन्दा यसको बाजाको ताल, नृत्यको शैली र प्रस्तुतिमा फरक रहेको बताइन्छ।
लाखे नाच हेर्न पोखराको न्यूरोडमा स्थानीय तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्