ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालागामाथि ४–० को जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

काठमाडौँ । मालागालाई फराकिलो अन्तरले पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा रियलले मालागालाई ४–० गोलले पराजित गरेको हो। जारी सिजनमा रियलको यो लगातार तेस्रो जित हो।

रियलका लागि जुड बेलिङघमले १९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। सन् २०२६ को विश्वकपमा इंग्ल्यान्डलाई तेस्रो स्थान दिलाउने क्रममा सात गोल गरेका बेलिङघमको जारी ला लिगा सिजनमा यो दोस्रो गोल हो।

२६औँ मिनेटमा बेलिङघमकै हेडर गोलरक्षक हेरेरोको शरीरमा लाग्दै गोललाइन पार गरेपछि रियलले अग्रता दोब्बर बनायो।

त्यसको चार मिनेटपछि केलियन एमबाप्पेले गोल गर्दै रियललाई पहिलो हाफमै ३–० को बलियो अवस्थामा पुर्‍याए। ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डको क्रसमा एमबाप्पेले भली प्रहार गर्दै बललाई जाली चुमाएका थिए।

खेलको इन्ज्युरी समयमा अर्दा गुलेरले चौथो गोल गरेपछि रियलले ४–० को शानदार जित पक्का गर्‍यो।

खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडी तथा पदाधिकारीले नेपाल–तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।

यसैबीच, गएराति भएको अर्को खेलमा एथलेटिको क्लबले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ।

अर्को खेलमा डिपोर्टिभो डे ला कोरुनाले भ्यालेन्सियालाई ३–१ गोलअन्तरले हराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

नेपालको पीडामा स्पेनबाट ऐक्यबद्धता, रियाल मड्रिडसहित क्लबद्वारा एक मिनेट मौनधारण

फर्नान्डेसको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको ५–२ को शानदार जित

कर्णाली शिवराजले भित्र्यायो पोल्यान्डका सेटर एमिलियन

फर्नान्डेसको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको शानदार पुनरागमन

एसीसी प्रिमियर कपमा नेपाल र बहराइन भिड्दै, सन्दीपको कप्तानीमा नयाँ टोली

एसिसी प्रिमियर कप आजदेखि, एसिया कपमा पुग्ने लक्ष्यमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu