काठमाडौं । स्पेनिस फुटबलका चर्चित क्लबहरू रियाल मड्रिड र मलागाले नेपालमा आएको विनाशकारी बाढीप्रति ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
क्लबका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूले गएराति रियाल मड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा खेल सुरु हुनुअघि नेपालका बाढीपीडितप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरेका हुन्।
बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गरिएको उक्त मौनधारणले नेपालको विपत्तिप्रति अन्तर्राष्ट्रिय फुटबल समुदायको ऐक्यबद्धता देखाएको छ।
मौनधारणपछि भएको खेलमा रियाल मड्रिडले प्रभावशाली प्रदर्शन गर्दै ४–० को जित निकालेको थियो। रियालका लागि जुड बेलिङ्घम, किलियन एमबाप्पे र अर्दा गुलरले एक–एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।
बार्सिलोना र एट्लेटिको मड्रिडले पनि जनाए ऐक्यबद्धता
यसअघि स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना र एथलेटिक क्लबबीचको खेलअघि पनि नेपालका बाढीपीडितको सम्झनामा मौनधारण गरिएको थियो।
यस्तै, स्पेनकै अर्को चर्चित क्लब एट्लेटिको मड्रिडले पनि नेपालमा बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै ऐक्यबद्धता जनाएको थियो।
नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि विश्वका विभिन्न मुलुक तथा संस्थाबाट नेपालप्रति सहानुभूति र सहयोगको क्रम जारी छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्