ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : ४५   बजे

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार भदौ १५ गते बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९०३ जनाको शव फेला परेको हो।

बाढीमा सबैभन्दा धेरै शव चितवनमा २७२ वटा फेला परेका छन्। चितवनमा भेटिएका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।

प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१ र तनहुँमा ३७ जनाको शव फेला परेको छ।

४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

विनाशकारी बाढीपछि अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयमा कार्यरत कर्मचारीसमेत छन्।

सम्पर्कविहीनमध्ये ५९२ जना विदेशी नागरिक रहेको जनाइएको छ। त्यस्तै, विदेशी पर्यटकसँगै भ्रमणमा गएका १२७ जना नेपाली नागरिक समेत अझै सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र अन्य उद्धार टोली परिचालन भइरहेका छन्।

१० हजारभन्दा बढीको उद्धार

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।

बाढीका कारण घाइते भएका २६७ जनामध्ये १६५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको उपचार जारी रहेको छ।

खोज, उद्धार तथा राहत कार्यका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

भदौ १० गते बिहान आएको भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीको बहावसँगै त्रिशूली र नारायणी नदीको तल्लो तटीय क्षेत्रमा समेत शव तथा बेपत्ताको खोजी विस्तार गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नासाको नयाँ ‘रोमन’ स्पेस टेलिस्कोप अन्तरिक्षमा, खोज्नेछ ब्रह्माण्डका गहिरा रहस्य

कप्तान सन्दीपको पाँच विकेटमा बहराइन ८७ रनमै ढल्यो, नेपाललाई ८८ रनको लक्ष्य

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

Niger Mutiny Exposes Tensions and Russia’s Role in Sahel

वर्षाले सडकमा विपद् : कृष्णभीरदेखि मनाङसम्म चार राजमार्ग अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu