ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीले २५ मेगावाटको सोलार आयोजना ध्वस्त, ४ अर्ब लगानी जोखिममा


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : ०५   बजे

काठमाडौं, भदौ १४ गते । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले त्रिशूली नदी किनारमा रहेको २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना सञ्चालन नै गर्न नसकिने गरी क्षतिग्रस्त बनाएको छ ।

बाढीले त्रिशूली बजारसँगै आयोजनाका सोलार प्यानल, सबस्टेसन, कन्ट्रोल भवन, कन्भर्टर प्रणालीलगायत महत्वपूर्ण संरचना बगाएको हो । करिब चार अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त सोलार प्लान्ट चिनियाँ ठेकेदार कम्पनी राइजन इनर्जी कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालन गर्दै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले आफ्नै जग्गामा आयोजना निर्माण गर्ने, निर्माण कम्पनीले पाँच वर्षसम्म सञ्चालन गर्ने र त्यसपछि प्राधिकरणलाई हस्तान्तरण गर्ने गरी राइजन इनर्जीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार आयोजनाको डिजाइन, उपकरण खरिद, निर्माण तथा सञ्चालनको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिइएको थियो ।

कम्पनीले आयोजना निर्माण सम्पन्न गरी साढे तीन वर्षदेखि विद्युत् उत्पादन गर्दै आएको थियो । त्रिशूली सोलार प्लान्टबाट उत्पादित विद्युत् देवीघाटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक तथा त्रिशूली परियोजनाका व्यवस्थापक विकास रघुवंशीले बिहीबार बाढी प्रभावित आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।

उहाँका अनुसार विद्युत् उत्पादनका लागि सातवटा छुट्टाछुट्टै साइटमा सोलार प्यानल जडान गरिएकोमा चारवटा साइटका प्यानल बाढीले बगाएको छ । बाँकी तीनवटा साइट अग्लो स्थानमा रहेकाले प्यानल जोगिएका छन् । तर, जोगिएका प्यानलबाट समेत तत्काल विद्युत् उत्पादन सुरु गर्न सकिने अवस्था छैन ।

‘सोलार परियोजनाका लागि विभिन्न सात ठाउँमा सोलार प्यानल जोडिएको थियो । त्यसमध्ये चारवटा साइट बाढीले बगाएको छ । केही अग्लो स्थानमा रहेका तीन ठाउँको सोलार प्यानल जोगिएका छन् । तर, तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नै छैन,’ रघुवंशीले भन्नुभयो ।

बाढीले सबस्टेसन, विभिन्न साइटबाट उत्पादित विद्युत् एकीकृत गर्ने कन्भर्टर तथा अन्य महत्वपूर्ण संरचनासमेत बगाएकाले आयोजना तत्काल सञ्चालनमा ल्याउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

रघुवंशीका अनुसार बाढीले सोलार आयोजनाको ५० प्रतिशतभन्दा बढी भौतिक संरचना क्षतिग्रस्त बनाएको छ । करिब चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाको आधाभन्दा बढी संरचना नष्ट हुँदा करिब दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान छ ।

पुरानै संरचना मर्मत गरेर सञ्चालन कठिन

बाढीले आयोजनाको संरचना मात्र होइन, जमिनको स्वरूपसमेत परिवर्तन गरिदिएको छ । सोलार प्यानल राखिएका क्षेत्रमा ठूलो मात्रामा माटो, ढुंगा र गेग्रान थुप्रिएको छ भने कतिपय स्थान पुरिएका छन् ।

यसकारण क्षतिग्रस्त साइटमा सामान्य मर्मत गरेर आयोजनालाई पुरानै अवस्थामा फर्काउन सकिने अवस्था नरहेको रघुवंशीको भनाइ छ ।

‘सोलार प्यानल राख्ने ठाउँ नै बगेको छ । विद्युत् उत्पादन गरे पनि सबस्टेसन छैन । आयोजना फेरि सञ्चालन गर्ने हो भने पुरिएका र बाँकी रहेका संरचनालाई नयाँ ठाउँमा सार्नुपर्छ । जमिनको नयाँ प्रोफाइल तयार गर्नुपर्छ । त्यसपछि मात्रै नयाँ संरचना निर्माणको कुरा आउँछ । त्यो लगभग नयाँ आयोजना निर्माण गरेजस्तै हुन्छ,’ उहाँले भन्नुभयो ।

यसको अर्थ बाढीले आयोजनामा गरिएको करिब चार अर्ब रुपैयाँको लगानी नै जोखिममा पारेको छ ।

पुराना जलविद्युत् आयोजना पनि बाढीको चपेटामा

बाढीले सोलार प्यानलमा मात्रै क्षति पुर्‍याएको छैन । त्रिशूली क्षेत्रमा रहेका पुराना विद्युत् संरचनासमेत बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

त्रिशूलीमै २०२८ सालदेखि सञ्चालनमा रहेको २४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सबस्टेसनसहितका अधिकांश संरचना बाढीले बगाएको छ । अहिले ड्यामको केही भाग मात्रै बाँकी रहेको बताइएको छ ।

भारतको सहयोगमा निर्माण भएको उक्त आयोजना नेपालको विद्युत् इतिहासका पुराना आयोजनामध्ये एक हो । आयोजनामा सातवटा जेनेरेटर जडान गरिएको थियो ।

त्रिशूली जलविद्युत् आयोजनाबाट निस्किएको पानी प्रयोग गरेर देवीघाटमा १५ मेगावाट क्षमताको अर्को आयोजना निर्माण गरिएको थियो । त्रिशूली आयोजनामा टर्बाइन घुमाएपछि निस्किएको पानी सुरुङमार्फत देवीघाट पुर्‍याइन्थ्यो । त्रिशूली आयोजना सञ्चालन हुँदा मात्र देवीघाट आयोजनाबाट पनि विद्युत् उत्पादन हुने भएकाले यी दुई आयोजना आपसमा जोडिएका थिए ।

बाढीले दुवै आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ ।

क्षतिपूर्ति कसले बेहोर्ने ?

सोलार परियोजना नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण नहुँदै बाढीले क्षतिग्रस्त बनाएपछि यसको आर्थिक क्षतिपूर्ति कसले बेहोर्ने भन्ने प्रश्नसमेत उठेको छ ।

आयोजना अझै निर्माण कम्पनीकै सञ्चालन जिम्मेवारीमा रहेकाले प्रारम्भिक रूपमा बीमा तथा सम्झौताका प्रावधान महत्वपूर्ण हुने देखिन्छ । यद्यपि प्राकृतिक विपत्तिका कारण भएको क्षतिलाई ‘फोर्स मेजर’अन्तर्गत कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अन्योल छ ।

‘अहिलेको अवस्था ठेकेदारको पनि नियन्त्रणभन्दा बाहिरको परिस्थिति हो । फोर्स मेजरसम्बन्धी सम्झौताको प्रावधानले के व्यवस्था गरेको छ भन्ने हेरेर छलफल होला । अहिले नै भनिहाल्न सकिने अवस्था छैन,’ रघुवंशीले भन्नुभयो ।

अब नेपाल विद्युत् प्राधिकरण, निर्माण कम्पनी, बीमा पक्ष र सम्बन्धित निकायबीचको छलफलबाट आयोजनाको क्षति, दायित्व र पुनर्निर्माणको बाटो तय गर्नुपर्ने देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, टनेलबाट पानी निकालिँदै

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञको सहयोगमा जलविद्युत् आयोजनाका टनेलमा उद्धार जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, टनेलबाट पानी निकालिँदै

चिलिमे र अपर त्रिशूली–१ का टनेलमा तीन शव भेटिए

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञको सहयोगमा जलविद्युत् आयोजनाका टनेलमा उद्धार जारी

नेपाल विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको शानदार जित

नेपाल–चीन सीमामा बाढी पूर्वसूचना आदानप्रदानको औपचारिक सहमति छैन

बहराइनमाथि ७ विकेटको जितसँगै नेपालले गर्‍यो विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu