ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहराइनमाथि ७ विकेटको जितसँगै नेपालले गर्‍यो विजयी सुरुआत


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : १५   बजे

 

काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। मलेसियाको बाङ्गीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि अर्जुन कुमाल ३६ रनमा अविजित रहे। यस्तै, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाए। बहराइनका इमरान जाबेद अन्वरले नेपालका दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। बहराइनका लागि फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले १० ओभरमा चार मेडन राख्दै १४ रन खर्चिए। ललितनारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ। नेपालले अब बिहीबार आयोजक मलेसियासँग समूह चरणको दोस्रो खेल खेल्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

भोटेकोशी प्रभावित क्षेत्रमा केही दिन वर्षाको सम्भावना, उद्धारकर्मीलाई सतर्क रहन आग्रह

सम्बन्धित

नेपाल विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको शानदार जित

कप्तान सन्दीपको पाँच विकेटमा बहराइन ८७ रनमै ढल्यो, नेपाललाई ८८ रनको लक्ष्य

नेपालको पीडामा स्पेनबाट ऐक्यबद्धता, रियाल मड्रिडसहित क्लबद्वारा एक मिनेट मौनधारण

फर्नान्डेसको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको ५–२ को शानदार जित

कर्णाली शिवराजले भित्र्यायो पोल्यान्डका सेटर एमिलियन

मालागामाथि ४–० को जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu