ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको राहत व्यवस्थापनमा संघीय सरकार असफल : कांग्रेस मुख्य सचेतक थापा


ABC NEWS
१५ भदौ २०८३, सोमबार   २ : ०५   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी मुख्य सचेतक बासना थापाले भोटेकोसीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन र राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको बताएकी छन्।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले बाढी प्रभावित क्षेत्रमा विशेषगरी महिला तथा बालबालिकाको अवस्था चुनौतीपूर्ण रहेको बताइन्।

उनले प्रभावित महिला तथा बालबालिकाका समस्या सम्बोधन गर्न मानव अधिकार र बाल अधिकारका क्षेत्रमा कार्यरत निकायलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिन्।

‘केन्द्रिकृत सोचका कारण प्रदेश र स्थानीय तह कमजोर भए’

विपद्का बेला स्थानीय र प्रदेश सरकार प्रभावकारी देखिन नसकेको भन्ने प्रश्नमा थापाले यसको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत कार्यशैलीभएको दाबी गरिन्।

“संघीय सरकारले सबै कार्य आफ्नै मातहत राखेर गर्ने नीति लिएका कारण प्रदेश र स्थानीय तहले अपेक्षित रूपमा काम गर्न नसकेका हुन्,” थापाले भनिन्।

उनका अनुसार राहत सामग्री पर्याप्त भए पनि स्थानीय र प्रदेश सरकारलाई आवश्यक अधिकार नदिँदा राहत वितरण व्यवस्थित हुन सकेको छैन।

थापाले विपद्का कारण स्थानीय जनप्रतिनिधिहरू स्वयं प्रभावित हुनुका साथै ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनीहरूलाई उचित समन्वय र जिम्मेवारीसहित परिचालन गर्नुपर्ने बताइन्।

‘अब अविलम्ब अधिकार प्रत्यायोजन गर्नुपर्छ’

थापाका अनुसार विपद्को सुरुवाती चरणमा संघीय सरकारले नै सबै जिम्मेवारी लिने नीति लिएपछि प्रदेश र स्थानीय तहले त्यसैअनुसार संघलाई सहयोग गरेका थिए। तर अहिले संघीय सरकार एक्लैले विपद् व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी धान्न नसक्ने अवस्था देखिएको उनको भनाइ छ।

“सुरुमा संघले नै सबै जिम्मेवारी लिने भनेपछि स्थानीय र प्रदेशले त्यसैलाई सघाएका थिए। तर अहिले संघ एक्लैले धान्न नसक्ने अवस्था आएकाले अब अविलम्ब अधिकार प्रत्यायोजन गर्नुपर्छ,” उनले भनिन्।

विपद् व्यवस्थापनलाई प्रभावकारी र चुस्त बनाउन संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारमाथि विश्वास गर्दै आवश्यक अधिकार र जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा कांग्रेस मुख्य सचेतक थापाले जोड दिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

नेपालका बाढी प्रभावितका लागि सिक्किमबाट ३५ सदस्यीय राहत टोली

भोटेकोसी बाढीमा सम्पर्कविहीनको संख्या यकिन गर्न कठिन: प्राधिकरण, अझै ४ हजार २०२ जना सम्पर्कविहीन

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu