ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ


ABC NEWS
१५ भदौ २०८३, सोमबार   २ : २५   बजे

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बत स्वायत्त क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि चीनले सम्पूर्ण शक्ति र स्रोत परिचालन गरिरहेको बताएका छन्।

कीर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभसँग सोमबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रारम्भिक मन्तव्य राख्दै राष्ट्रपति सीले तिब्बतमा जारी उद्धार, राहत तथा पुनर्स्थापनाबारे जानकारी गराएका हुन्।

उनले बाढीपहिरो प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्वास, घाइतेको प्रभावकारी उपचार र दोस्रो चरणको विपद् रोक्न आवश्यक सबै उपाय अपनाइएको बताए।

सीले विपद्पछि छिमेकी नेपालमा पनि उद्धार टोली पठाइएको र आपत्कालीन सहायता उपलब्ध गराइरहेको जानकारी गराएका छन्।

विपद्को कठिन घडीमा तिब्बतप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेकोमा राष्ट्रपति सीले कीर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभप्रति धन्यवाद व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

नेपालतर्फ पनि चिनियाँ उद्धार टोली

तिब्बतमा बाढीपहिरोपछि नेपाल–चीन सीमावर्ती क्षेत्रमा समेत ठूलो क्षति भएको छ। नेपालतर्फ भोटेकोसी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

चिनियाँ पक्षले नेपालमा समेत खोज तथा उद्धारका लागि टोली परिचालन र आपत्कालीन सहयोग उपलब्ध गराउने कार्य अघि बढाएको राष्ट्रपति सीको भनाइले देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

२५० दिनभन्दा बढी समुद्रमा बिताएर अमेरिकी विमानवाहक ‘अब्राहम लिंकन’ घर फर्किँदै

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी गरेको दाबी

चीनबाट आइपुग्यो ५० टन राहत सामग्री

यूएईद्वारा नेपालका बाढीपीडितका लागि ८३ टन राहत सामग्री पठाइयो

यूएईबाट आएको ८० टन राहत सामग्री नेपालले बुझ्यो

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu