ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी : माथिल्लो त्रिशूली–१ मा ५७६ जना सम्पर्कविहीन, उद्धार अझै सुरु हुन सकेन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : २५   बजे

काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट सबैभन्दा धेरै मानिस सम्पर्कविहीन भएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा अझै प्रभावकारी उद्धार तथा खोजी कार्य अघि बढ्न नसकेको आयोजनाले जनाएको छ।

कोरियाली कम्पनीको लगानीमा निर्माण भइरहेको उक्त आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको बताइएको छ।

आयोजनाका प्रोजेक्ट म्यानेजर तथा इलेक्ट्रिकल इन्जिनियर जयनारायण चौधरीका अनुसार एन्डिज हाइड्रोका कुल २७८ कामदारमध्ये १५२ जनाको सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ।

सम्पर्कविहीन हुनेमा नेपाली तथा भारतीय श्रमिक र प्राविधिकहरू छन्। आयोजनामा एन्डिज हाइड्रोसँगै सिभिलतर्फ पावर चाइना, एनडब्लूडीसी र डुकसानलगायतका ठेकेदार कम्पनीसमेत संलग्न रहेकाले आयोजनामा भएको समग्र क्षति तथा बेपत्ताको यकिन संख्या अझै स्पष्ट हुन बाँकी रहेको चौधरीले बताए।

भाग्ने क्रममा प्रयोग गरिएको गाडी बगाएको आशंका

आयोजनाका कर्मचारीका अनुसार डुकसानका केही कर्मचारीले बाढीबाट जोगिन भाग्ने क्रममा गाडी प्रयोग गरेका थिए। बाढीको तीव्र बहावका कारण उक्त गाडी बगाउँदा त्यसमा रहेका धेरै जना पनि बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ।

बाढीले आयोजनाको पावरहाउस, कामदार क्वार्टर, वर्कसप तथा मुख्य स्टोर पूर्ण रूपमा बगाएको चौधरीले जानकारी दिए।

“स्टोरमा राखिएका करिब ८० प्रतिशत उपकरण र निर्माण सामग्री नष्ट भएका छन्। भौतिक संरचनाको अवस्था अहिले शून्यप्रायः छ,” उनले भने।

सुरुङभित्र फसेकाको अवस्था अज्ञात

आयोजनाको सुरुङभित्र फसेका कामदारको अवस्था अझै अज्ञात रहेको छ।

सुरुङको प्रवेशद्वारभन्दा करिब २० देखि २५ मिटरसम्म पानीको सतह बढेको र भित्र ठूलो मात्रामा लेदो, ढुंगा तथा मुढा पसेका कारण खोजी कार्य कठिन बनेको आयोजनाले जनाएको छ।

त्यसमाथि आयोजनास्थल जोड्ने पहुँचमार्ग पूर्ण रूपमा ध्वस्त भएकाले हेभी उपकरण तथा एक्साभेटर तत्काल आयोजनास्थलसम्म पुर्‍याएर उत्खनन तथा खोजी गर्न सकिने अवस्था नरहेको चौधरीले बताए।

हेलिकोप्टरबाट उपकरण पुर्‍याउने तयारी

सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली र हेलिकोप्टर परिचालन गरिएको छ।

आयोजनाका अनुसार हेलिकोप्टरमार्फत आवश्यक उद्धार उपकरणका पार्टपुर्जा आयोजनास्थलसम्म पुर्‍याएर त्यहाँ जडान गर्न सकिएपछि मात्रै सुरुङभित्र थुप्रिएको लेदो, ढुंगा तथा अन्य अवरोध हटाउँदै खोजी कार्य अघि बढाउन सकिने अवस्था छ।

यसबीच उद्धार गरिएका कामदारलाई सुरक्षित स्थानमा राखिएको छ। उद्धार गरिएका भारतीय नागरिकलाई सम्बन्धित दूतावासको समन्वयमा स्वदेश फर्काउने तयारी भइरहेको जनाइएको छ।

भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले उक्त नदी बेसिनमा रहेका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। धेरै आयोजना क्षेत्रमा कामदार तथा कर्मचारी सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारका लागि थप दक्ष जनशक्ति, उपकरण र प्रभावकारी समन्वय आवश्यक देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

रसुवा बाढीका बेपत्ताको खोजीमा चितवनमा सेना सक्रिय, १० शव फेला

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu