ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीका बेपत्ताको खोजीमा चितवनमा सेना सक्रिय, १० शव फेला


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

चितवन । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाले चितवनमा खोज तथा उद्धार अभियान तीव्र बनाएको छ।

मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत नेपाली सेनाका विभिन्न युनिटले क्षेत्र विभाजन गरी नारायणी नदी तथा आसपासका क्षेत्रमा व्यापक खोजी गरिरहेका छन्।

नयाँ गोरख गण र नयाँ सबुज गणले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। नेपाली सेनाका अनुसार नयाँ गोरख गण, नयाँ सबुज गण तथा सिंहनाथ गणका कमाण्डो तालिमप्राप्त सैनिक टोली जोखिमपूर्ण तथा कठिन स्थानमा समेत नदीमा प्रवेश गरी खोजीमा जुटेका छन्।

नगर वन टापु क्षेत्रमा १० शव फेला

सेनाले सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरेको खोजी अभियानका क्रममा नगर वन टापु क्षेत्रमा १० वटा शव फेला पारेको जनाएको छ।

त्यसैगरी थप दुई शवका अवशेषसमेत फेला परेको सेनाले जानकारी दिएको छ।

रसुवाको भोटेकोसीमा आएको बाढीपछि बगाएर ल्याएका मानिस तथा शव नारायणी नदी हुँदै चितवनसम्म आइपुगेको आशंकामा सेनाले नारायणीको तटीय क्षेत्रमा खोजीलाई केन्द्रित गरेको हो।

नेपाली सेनाले बेपत्ताको खोजी अभियान तत्काल नरोकिने र सम्भावित सबै क्षेत्रमा निरन्तर खोजी तथा उद्धार कार्य जारी राख्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

बाढीपीडितको उद्धारसँगै चोरी, ठगी र साइबर अपराध नियन्त्रणमा प्रहरीको निगरानी

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

मोरङ कारागारका कैदीबन्दीद्वारा प्रशासन र प्रजिअविरुद्ध नाराबाजी

भोटेकोशी बाढीमा मृत्यु भएकाको वैज्ञानिक प्रमाण सुरक्षित राखेर शव व्यवस्थापन

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu