ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ५ : १५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई **‘हिमाली सुनामी’**को संज्ञा दिँदै नेपालले यसको प्रभाव र हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाउनुपर्ने विज्ञहरूले बताएका छन्।

लाङटाङ लिरुङ क्षेत्रको पहाड चोइटिएर आएको हिमनदीजन्य बाढीले गरेको व्यापक विनाशलाई हिमाल तथा हिमनदीका अध्येताहरूले नेपालले भोगेका सबैभन्दा गम्भीर प्राकृतिक विपद्मध्ये एकका रूपमा व्याख्या गरेका छन्।

लामो समयदेखि हिमाली क्षेत्रको अध्ययन गर्दै आएका प्राध्यापक डा. दिवस श्रेष्ठका अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र त्यसबाट आएको बाढीले यति ठूलो भूभाग र बहुक्षेत्रमा पुर्‍याएको क्षति अत्यन्तै पीडादायी छ।

“यो घटना मानव सभ्यता विकासकै लागि दर्दनाक र उच्चतम चुनौती दिने खालको हो। यसलाई विश्व समुदायले गम्भीर रूपमा लिनुपर्छ। यसले हिमाली भूभाग निकै संवेदनशील र जोखिमयुक्त छ भन्ने पाठ सिकाएको छ,” उनले भने।

‘विश्वका ठूला सुनामीभन्दा कम छैन’

हिउँविज्ञ प्राध्यापक डा. सुदीप ठकुरीले भोटेकोशी बाढीबाट भएको विनाशको तह हेर्दा यसलाई **‘हिमाली सुनामी’**का रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्ने बताए।

“यो लेभलको क्षति गरेको घटना विश्वका ठूला सुनामीभन्दा कम छैन। त्यसैले यसलाई हिमाली सुनामी नाम दिएर जलवायु परिवर्तनको असर हिमालमा कुन हदसम्म परेको छ भन्ने कुरा विश्व समुदायलाई बुझाउन जरुरी छ,” उनले भने।

उनका अनुसार हिमाली क्षेत्रमा बढ्दो तापक्रम र त्यसले हिमनदी तथा हिमाली भूगोलमा पारिरहेको प्रभावलाई अब केवल वैज्ञानिक बहसका रूपमा नभई मानव सुरक्षा र सभ्यताको चुनौतीका रूपमा लिनुपर्ने अवस्था आएको छ।

‘हिमालको संवेदनशीलता देखाउने ठूलो प्रमाण’

हिउँ वैज्ञानिक डा. नितेश खड्काले पनि भोटेकोशी विपद्लाई नेपालको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने महत्त्वपूर्ण वैज्ञानिक प्रमाणका रूपमा लिनुपर्ने बताए।

“हाम्रा हिमालहरू बढ्दो तापक्रमले कति आक्रान्त छन् भन्ने कुरा विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाइसकेका थिए। कतिपयले त्यसलाई विश्वास गर्न सकेका थिएनन्। यो घटना यस्तो इभिडेन्स हो, जसले हिमालको संवेदनशीलता बाहिर उजागर गरेको छ,” उनले भने।

उनले यसलाई **‘हिमाली प्रलय’**को संज्ञा दिनुपर्ने बताउँदै नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष हिमाली क्षेत्रको बढ्दो जोखिमलाई तत्काल उठाउनुपर्नेमा जोड दिए।

‘नेपालले हिमाली सुनामीको मुद्दा विश्व मञ्चमा लैजानुपर्छ’

डा. श्रेष्ठले पनि भोटेकोशी घटनालाई नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए।

उनका अनुसार जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसको असर भने हिमाली मुलुकले गम्भीर रूपमा भोगिरहेको छ।

“नेपालले यो घटनालाई विश्व समुदायलाई देखाउन सक्नुपर्छ। जलवायु परिवर्तनको असरले सधैँ जोखिममा रहेको हाम्रो मुलुकलाई पछिल्लो चरणमा विकसित भएका प्रविधि र वित्तको सहयोग आवश्यक छ,” उनले भने।

उनले नेपालले यसलाई **‘हिमाली क्षेत्रको सुनामी’**का रूपमा अन्तर्राष्ट्रिय फोरममा उठाएर जलवायु वित्त, आधुनिक प्रविधि र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग माग्नुपर्ने बताए।

‘दुई–चार यस्ता विपद् आए नेपालले थेग्न सक्दैन’

विज्ञहरूले नेपालले अहिलेको विपद्लाई एउटा छुट्टै प्राकृतिक घटना मात्र मानेर अघि बढ्न नहुने चेतावनी दिएका छन्।

कार्बन उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनका कारण सिर्जित विपद्को असर निरन्तर भोग्दै जाने हो भने एकपछि अर्को ठूलो प्राकृतिक विपद् थेग्न नेपाललाई कठिन हुने उनीहरूको भनाइ छ।

डा. श्रेष्ठले लाङटाङमा भएको एउटा घटनाले नै नेपाललाई ठूलो क्षति पुर्‍याएको भन्दै भविष्यमा यस्तै प्रकृतिका थप घटना भए अवस्था अझ भयावह हुनसक्ने बताए।

“लाङटाङमा भएको एउटा घटनाले नेपाललाई यो अवस्थामा पुर्‍याएको छ। फेरि अरू घटना भइहाल्यो भने नेपालको भविष्य कति भयावह होला भन्ने अनुमान गर्न सकिँदैन,” उनले भने।

‘हिमाल सम्पत्ति मात्र होइन, विनाशको बम पनि हुन सक्छ’

डा. ठकुरीले नेपालको हिमाली भूगोलप्रतिको परम्परागत बुझाइमै परिवर्तन आवश्यक रहेको बताए।

“पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शिरमा हिमाल छ। हिजोसम्म हिमाल नेपालको सम्पत्ति हो भनेर हामी बसिरहेका थियौँ। अब त यो ‘विनाशको बम’ पनि हो भन्ने कुरा बुझ्न जरुरी छ,” उनले भने।

उनका अनुसार हिमाल र हिमनदीमा भइरहेको परिवर्तनले भविष्यमा बाढी, पहिरो, हिमताल विस्फोट तथा अन्य प्राकृतिक विपद्को जोखिम बढाउन सक्छ।

त्यसैले हिमाली क्षेत्रमा निगरानी, पूर्वसूचना प्रणाली, जोखिम नक्सांकन, उद्धार पूर्वतयारी र वैज्ञानिक अनुसन्धानमा ठूलो लगानी आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

जलवायु वित्त र प्रविधिका लागि तत्काल पहल गर्नुपर्ने

डा. खड्काले भोटेकोशी विपद्लाई आधार बनाएर नेपालले विकसित मुलुकसँग जलवायु वित्त र नयाँ प्रविधि हस्तान्तरणका लागि तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए।

नेपालले आफ्नो क्षमताभन्दा बाहिरका जलवायुजन्य जोखिम सामना गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट अत्याधुनिक पूर्वसूचना प्रणाली, हिमनदी निगरानी प्रविधि, जोखिम पूर्वानुमान, उद्धार प्रविधि तथा पुनर्निर्माणका लागि वित्तीय सहयोग जुटाउनुपर्ने उनको भनाइ छ।

भोटेकोशी बाढीले दिएको विनाशलाई विज्ञहरूले एउटा स्थानीय प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु परिवर्तनसँग जोडिएको हिमाली जोखिमको विश्वव्यापी चेतावनीका रूपमा व्याख्या गरेका छन्।

अब नेपालसामु चुनौती केवल बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नु होइन।

हिमालमा भइरहेको परिवर्तनलाई विश्वले गम्भीरतापूर्वक बुझ्ने गरी प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु र त्यसका लागि आवश्यक प्रविधि तथा वित्त सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण चुनौती बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu