ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी मुद्राको भाउ ओरालो, डलर ३४ पैसा घट्यो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ५ : १५   बजे

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको भाउ घटेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती दिनार र बहराइन दिनारलगायत अधिकांश प्रमुख विदेशी मुद्राको विनिमयदर घटेको हो।

डलर ३४ पैसा सस्तियो

मंगलबार एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

सोमबार डलरको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा थियो। यसअनुसार आज डलरको खरिद तथा बिक्रीदर ३४ पैसा घटेकोहो।

यद्यपि अमेरिकी डलरको मूल्य यसअघि ऐतिहासिक उच्च तहमा पुगिसकेको छ। गत जेठ ७ गते डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। यो हालसम्मकै उच्च विनिमयदर हो।

युरो र पाउन्ड पनि घटे

आज एक युरोको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। सोमबार खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा थियो।

त्यस्तै, एक पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा कायम भएको छ। सोमबार पाउन्डको खरिददर २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९४ पैसा थियो।

अस्ट्रेलियन डलर पनि ओरालो

मंगलबार एक अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा छ।

सोमबार अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा थियो।

कुवेती दिनार १ रुपैयाँ ६० पैसा घट्यो

कुवेती दिनारको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ।

आज एक कुवेती दिनारको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा तोकिएको छ।

सोमबार खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा थियो। यसअनुसार कुवेती दिनारको खरिद तथा बिक्रीदर १ रुपैयाँ ६० पैसा घटेको हो।

त्यस्तै, एक बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। सोमबार यसको खरिददर ४०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा थियो।

बैंकअनुसार दर फरक हुनसक्ने

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकहरूले आफ्ना ग्राहकका लागि निर्धारण गर्ने वास्तविक विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुनसक्नेछ।

आजका सबै विदेशी मुद्राको अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

५ दिनमा १६ हजार रुपैयाँ घटेको सुनको मूल्यमा आज पनि पहिरो

नौबिसे–नागढुंगा सडक भासियो, काठमाडौं प्रवेशमा समस्या

भोटेकोशी बाढीपछि बीमा दाबी २५ अर्ब नाघ्यो, क्षति बढ्दै जाँदा खर्ब पुग्ने अनुमान

भोटेकोशी बाढीमा ७ खर्बको भौतिक क्षति, पुनर्निर्माणमा पनि उस्तै चुनौती

नेपाली रुपैयाँ थप बलियो, अधिकांश विदेशी मुद्राको भाउ घट्यो

बाँसबारीको १० रोपनी जग्गा प्रकरण : विनोद चौधरी कसरी जोडिन्छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu