ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईले इरानी ड्रोन आक्रमणको निन्दा गर्दै भन्यो– ‘खतरनाक वृद्धि’


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४५   बजे

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) ले आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि इरानबाट आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ । यूएईले घटनालाई आफ्नो सार्वभौमसत्ता र सुरक्षामाथिको गम्भीर खतरा भन्दै ‘खतरनाक वृद्धि’ को संज्ञा दिएको छ ।

यूएईको परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा इरानबाट आएको ड्रोनलाई आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको हो । मन्त्रालयले भविष्यमा हुने यस्ता आक्रमणको जवाफ दिने आफ्नो ‘पूर्ण र वैध अधिकार’ सुरक्षित रहेको पनि स्पष्ट पारेको छ ।

यूएईको रक्षा मन्त्रालयले भने इरानबाट आएको ड्रोनलाई आफ्नो जलक्षेत्रमाथि नियन्त्रणमा लिइएको जनाएको छ । साथै, दुबईस्थित अल मिन्हाद हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण भएको भन्ने रिपोर्टलाई ‘गलत’ भन्दै अस्वीकार गरेको छ ।

यसअघि इरानी सेनाले अल मिन्हाद हवाई अड्डामा रहेका अमेरिकी सैनिक तथा हेलिकप्टरका स्थानलाई लक्षित गरी दर्जनौँ ड्रोन आक्रमण गरेको दाबी गरेको थियो । तर यूएईले हवाई अड्डामा क्षति पुगेको वा त्यहाँ क्षेप्यास्त्र प्रहार भएको दाबी अस्वीकार गरेको छ ।

यो घटना अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला भएको हो । अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेपछि इरानले जोर्डन तथा यूएईमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरेको दाबी गरेको छ । (شفق نيوز..)

पछिल्ला केही साताको तुलनात्मक शान्तिपछि भएको पछिल्लो घटनाले खाडी क्षेत्रमा तनाव पुनः बढेको संकेत गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

२५० दिनभन्दा बढी समुद्रमा बिताएर थाइल्यान्ड पुग्यो अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’

इरानका सैन्य संरचनामा अमेरिकाको भीषण हवाई हमला, जवाफमा इरानद्वारा मिसाइल र ड्रोन प्रहार

अमेरिका–इरानबीच फेरि सैन्य द्वन्द्व चर्कियो, दुवै पक्षबाट आक्रमण

विवाह समारोह भइरहेको घरमा अमेरिकी बमबारी, इरानको आरोप

डोनबास कब्जा नगरी युद्ध अन्त्य गर्दा सत्ता गुम्ने डरमा पुटिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu