ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह समारोह भइरहेको घरमा अमेरिकी बमबारी, इरानको आरोप


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

 

काठमाडौं । इरानले दक्षिणी जिल्ला सिरिकको कुहेस्तक सहरमा वैवाहिक समारोह भइरहेको एउटा घरमा अमेरिकी वायुसेनाले बमबारी गरेको आरोप लगाएको छ। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले घटनालाई ‘बर्बर आक्रमण’को संज्ञा दिँदै एक बालकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको बताएका छन्। सिरिकका गभर्नर राजा शाहिदियानका अनुसार बुधबार बिहान भएको आक्रमणमा ६३ जना घाइते भएका छन्। घाइतेमध्ये ५० जनाभन्दा बढी महिला र बालबालिका रहेको उनले बताएका छन्। उनीहरूलाई नजिकैको मिनाब सहरस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। इरानी समाचार संस्था फार्ससँग कुरा गर्दै आक्रमणबाट बचेका एक बालकले लडाकु विमानको आवाज सुनेलगत्तै ठूलो विस्फोट भएको बताएका छन्। यता, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानी रिभोलुसनरी गार्ड्सले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रयासको जवाफमा इरानी सैन्य निकायलाई लक्षित गरी नयाँ आक्रमण गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले आक्रमण सर्वसाधारणलाई लक्षित गरेर नगरिएको स्पष्ट पारेको छ। अमेरिका र इरानबीच सैन्य तनाव चर्किरहेका बेला वैवाहिक समारोह भइरहेको घरमा समेत आक्रमण भएको इरानी आरोपले घटनालाई थप गम्भीर बनाएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

सम्बन्धित

२५० दिनभन्दा बढी समुद्रमा बिताएर थाइल्यान्ड पुग्यो अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’

इरानका सैन्य संरचनामा अमेरिकाको भीषण हवाई हमला, जवाफमा इरानद्वारा मिसाइल र ड्रोन प्रहार

अमेरिका–इरानबीच फेरि सैन्य द्वन्द्व चर्कियो, दुवै पक्षबाट आक्रमण

डोनबास कब्जा नगरी युद्ध अन्त्य गर्दा सत्ता गुम्ने डरमा पुटिन

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको बिदाइ : आँसुबाट विश्वविजेतासम्मको अविस्मरणीय यात्रा

इरानमाथि अमेरिकी हमलाको श्रृंखला तीव्र, ट्रम्पको चेतावनी– ‘ठूलो आक्रमण आउन बाँकी छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu