ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथि अमेरिकी हमलाको श्रृंखला तीव्र, ट्रम्पको चेतावनी– ‘ठूलो आक्रमण आउन बाँकी छ’


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । अमेरिकाले इरानमाथि हवाई तथा सैन्य हमलाको श्रृंखला तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जुलाई अन्तिम सातापछि सोमबार इरानमा पहिलो हमला गरेको अमेरिकाले मंगलबार पनि विभिन्न क्षेत्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी सैन्य जनशक्ति तथा ढुवानी जहाजमाथि इरानले आक्रमणको प्रयास गरिरहेका कारण जवाफी कारबाही गरिएको हो।

इरानी सञ्चारमाध्यमहरूले देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको जनाएका छन्। समाचार संस्था तास्निमका अनुसार क्वेसम द्वीपमा पटक–पटक ठूलो विस्फोट भएको आवाज सुनिएको थियो। कोनार्क र बन्दर अब्बास क्षेत्रमा पनि विस्फोटका ठूलो आवाज सुनिएको जनाइएको छ।

अमेरिकी हमलापछि इरानी सेनाले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी सैन्य प्रवक्ता सरदार मोहेबीले अमेरिकाले अब आफ्नो कदमको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

‘अब अमेरिका पछुताउने छ,’ उनले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन्।

इरानी सेनाले अमेरिकी सेनालाई ‘आतंकवादी’ भन्दै इरानमाथि थप हमला गरिए त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएको छ।

‘जति इरानमा आतंक बढाउँदै जान्छ, त्यति नै ठूलो क्षति बेहोर्न अमेरिका तयार होस्,’ इरानी सेनाको वक्तव्य उद्धृत गर्दै अलजजिराले जनाएको छ।

ट्रम्पको चेतावनी– ‘यो त सानो झट्का मात्रै हो’

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझ ठूलो र शक्तिशाली हमला हुन बाँकी रहेको बताएका छन्।

ट्रम्पका अनुसार हालै गरिएको अमेरिकी सैन्य कारबाही ‘सानो झट्का’ मात्रै हो। उनले आगामी दिनमा थप शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्।

‘यो त सानो झट्का मात्रै हो। ठूलो आक्रमण आउनै बाँकी छ,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री धराप बिछ्याएर अमेरिकी सैन्य तथा ढुवानी गतिविधिलाई लक्षित गर्न खोजेको आरोप लगाएका छन्। उनका अनुसार इरानले अमेरिकाविरुद्ध आठवटा क्षेप्यास्त्रसमेत प्रहार गरेको छ।

इरानले अमेरिकी कारबाहीको जवाफ दिन तयारी गरेमा थप भीषण हमला गर्ने ट्रम्पको चेतावनी छ।

‘यदि इरानले जवाफी हमलाको तयारी गर्‍यो भने उसले अझै भीषण हमलाको सामना गर्नुपर्नेछ। त्यस हमलापछि इरानको केही पनि रहने छैन,’ ट्रम्पले चेतावनी दिएका छन्।

अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको सैन्य तनावसँगै स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ। विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक समुद्री मार्गमध्ये एक मानिने होर्मुज क्षेत्रमा सैन्य गतिविधि बढ्दा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ६८ पुग्यो, ४ हजार ६०६ अझै बेपत्ता

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

सम्बन्धित

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको बिदाइ : आँसुबाट विश्वविजेतासम्मको अविस्मरणीय यात्रा

सिन्धु जल सम्झौता पालना गर्न भारतलाई मध्यस्थता अदालतको आदेश

यूएईले इरानी ड्रोन आक्रमणको निन्दा गर्दै भन्यो– ‘खतरनाक वृद्धि’

ईयूको कडा कानुनी निगरानीमा च्याटजीपीटीसहित तीन डिजिटल प्लेटफर्म

मोदी–पुटिन भेटमा युक्रेन युद्धको प्रसंग : ‘अन्तहीन युद्ध होइन, युद्ध अन्त्य गर्नुपर्छ’

संकटको बादलमा भारतीय उड्डयन क्षेत्र, २०२५–२६ लाई ‘सबैभन्दा कठिन वर्ष’ भनिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu