ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धु जल सम्झौता पालना गर्न भारतलाई मध्यस्थता अदालतको आदेश


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४५   बजे

काठमाडौं । नेदरल्यान्ड्सको हेगस्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पूर्ण रूपमा पालना गर्न आदेश दिएको छ ।

अदालतले सम्झौता रद्द वा निलम्बन गर्ने कुनै कानुनी औचित्य नरहेको ठहर गर्दै सन्धि पूर्ण रूपमा कार्यान्वयनमा रहने जनाएको हो । साथै, काश्मीर क्षेत्रमा भारतले निर्माण गरिरहेका जलविद्युत् आयोजनासम्बन्धी गतिविधिमा सम्झौताअनुसार सीमितता कायम गर्नुपर्ने आदेश दिएको छ ।

तर भारतले मध्यस्थता अदालतको उक्त निर्णय अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले अदालतको फैसलालाई पूर्ण रूपमा खारेज गर्दै सिन्धु जल सम्झौता स्थगन गर्ने आफ्नो निर्णय कायमै रहेको स्पष्ट पारेको छ ।

अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले ६५ वर्ष पुरानो सिन्धु जल सम्झौता एकतर्फी रूपमा स्थगन गरेको थियो । पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सम्झौता पुनःबहाल नगर्ने भारतले बताउँदै आएको छ ।

सन् १९६० मा भारत र पाकिस्तानबीच भएको सम्झौताअनुसार सिन्धु, झेलम र चेनाबजस्ता पश्चिमी नदीको पानीमा पाकिस्तानको मुख्य अधिकार छ भने राभी, व्यास र सतलजजस्ता पूर्वी नदीको पानी भारतले प्रयोग गर्न पाउने व्यवस्था छ ।

सम्झौताअन्तर्गत समग्र सिन्धु नदी प्रणालीको करिब ८० प्रतिशत पानीमा पाकिस्तानको अधिकार रहँदै आएको छ । पाकिस्तानले सम्झौता पुनःबहाल गर्न भारतसँग पटक–पटक आग्रह गर्दै आए पनि भारतले भने आफ्नो अडान परिवर्तन गरेको छैन ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

यूएईले इरानी ड्रोन आक्रमणको निन्दा गर्दै भन्यो– ‘खतरनाक वृद्धि’

ईयूको कडा कानुनी निगरानीमा च्याटजीपीटीसहित तीन डिजिटल प्लेटफर्म

मोदी–पुटिन भेटमा युक्रेन युद्धको प्रसंग : ‘अन्तहीन युद्ध होइन, युद्ध अन्त्य गर्नुपर्छ’

संकटको बादलमा भारतीय उड्डयन क्षेत्र, २०२५–२६ लाई ‘सबैभन्दा कठिन वर्ष’ भनिँदै

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

२५० दिनभन्दा बढी समुद्रमा बिताएर अमेरिकी विमानवाहक ‘अब्राहम लिंकन’ घर फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu