काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली खप्तड फाल्कोन्सले बेनिनका आउटसाइड हिटर बोस्को डेटेलाई अनुबन्ध गरेको छ ।
खप्तडले डेटेलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो । डेटेले भारत, माल्दिभ्स र बुर्किना फासोका विभिन्न क्लबबाट व्यावसायिक भलिबल खेलिसकेका छन् ।
खप्तड फाल्कोन्सको मुख्य प्रशिक्षक रुपेशकुमार विष्ट रहेका छन् भने धिरोजकाजी बस्नेत टोलीका मार्की खेलाडी हुन् ।
खप्तडले एनभीएलको अक्सनमार्फत सरोज बर्देवा, प्रेमप्रसाद गौतम, विवस थापा, इन्द्र विक, पारस बोहरा, नवराज थापामगर र नवराज धामीलाई अनुबन्ध गरेको थियो ।
एनभीएलको पहिलो संस्करण भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुँदैछ ।
खप्तड फाल्कोन्सले शनिबार सगरमाथा स्म्यासर्ससँग खेल्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्