ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चापाकोटका वडाध्यक्ष भुपराज वस्तीमाथि मोविल छ्यापियो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

स्याङ्जा । चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि अपरिचित व्यक्तिहरूले मोविल छ्यापेका छन्।

मंगलबार दिउँसो करिब १ बजे वडा कार्यालयमै रहेका वडाध्यक्ष वस्तीमाथि मोविल छ्यापिएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट विनियोजनका क्रममा गाउँ, बस्ती तथा टोल भेला नगरी सार्वजनिक महत्वका विषयमा एकलौटी निर्णय गरी नगर कार्यपालिकामा योजना पेस गरेको आरोप लगाउँदै केही व्यक्तिले वडाध्यक्षमाथि मोविल छ्यापेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी टोली वडा कार्यालय पुगेको थियो। स्याङ्जा प्रहरीका सूचना अधिकारी एवं डीएसपी रमेश दत्त अवस्थीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको छ।

“घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मोविल छ्याप्ने व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको छ,” डीएसपी अवस्थीले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बजेट विनियोजन तथा योजना छनोटको प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि वडाध्यक्षमाथि मोविल छ्यापिएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनामा संलग्न व्यक्तिको पहिचान भने अझै भइसकेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

बाढीमा मृत्यु भएकामध्ये १ हजार ५० शव फेला, पहिचान नभएकाको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन

टीकापुर घटनामा रेशम चौधरीसहितलाई सजाय माफी दिने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

भोटेकोशीको त्यो दिन : केही सेकेन्डले छुट्याएको जीवन र मृत्यु

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

रसुवा बाढीका बेपत्ताको खोजीमा चितवनमा सेना सक्रिय, १० शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu