ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीमा मृत्यु भएकामध्ये १ हजार ५० शव फेला, पहिचान नभएकाको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४५   बजे

काठमाडौं  । सरकारले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका र पहिचान हुन नसकेका व्यक्तिका शवलाई कानुनअनुसार वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिरहेको जनाएको छ।

सरकारका अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम पहिचान हुन नसकेका शवको व्यवस्थापन भइरहेको छ।

हालसम्म रसुवामा ६, काठमाडौंमा ४७, चितवनमा २९२, धादिङमा २५, गोरखामा ३९, तनहुँमा १५, नवलपरासी पूर्वमा १७४ र नवलपरासी पश्चिममा ६९ वटा शव व्यवस्थापन गरिएको छ।

सरकारका अनुसार पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने गरिएको छ। तर शव पहिचान गर्न नसकिने अवस्थामा भेटिए पनि भविष्यमा पहिचान गर्न सकिने सम्भावना कायम राख्न डीएनए तथा अन्य फरेन्सिक पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखेर व्यवस्थापन भइरहेको छ।

हालसम्म बाढी प्रभावित विभिन्न स्थानबाट १ हजार ५० जनाको शव फेला परेको सरकारले जनाएको छ।

शव व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको सहयोग लिइएको छ।

यसरी गर्न सकिन्छ डीएनए परीक्षण

नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार बाढीका कारण मृत्यु भएका व्यक्तिको शव वा शरीरको कुनै अंग तथा भाग फेला परेको अवस्थामा नेपाली तथा विदेशी नागरिकले डीएनए परीक्षणमार्फत पहिचान यकिन गर्न अनुरोध गर्न सक्नेछन्।

प्रहरी निरीक्षक शम्भुबहादुर केसीका अनुसार डीएनए परीक्षणका लागि सबैभन्दा नजिकको रगतको नाता अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये एक जनाको रगतको नमुना आवश्यक पर्नेछ।

रगतको नमुना दिन दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब, काठमाडौं वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

विदेशमा रहेका आफन्तले कसरी नमुना पठाउने ?

विदेशमा रहेका आफन्तका लागि पनि डीएनए परीक्षणको व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार विदेशमा रहेका बुबा, आमा, छोरा वा छोरीमध्ये एक जनाले सम्बन्धित मुलुकमै डीएनए परीक्षण गराउन सक्नेछन्।

त्यसरी गरिएको डीएनए परीक्षणको विवरण तुलनाका लागि सफ्ट कपी बनाएर नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन सकिने व्यवस्था गरिएको छ।

यस प्रक्रियाबाट बाढीमा ज्यान गुमाएका तर तत्काल पहिचान हुन नसकेका व्यक्तिको शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

चापाकोटका वडाध्यक्ष भुपराज वस्तीमाथि मोविल छ्यापियो

टीकापुर घटनामा रेशम चौधरीसहितलाई सजाय माफी दिने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

भोटेकोशीको त्यो दिन : केही सेकेन्डले छुट्याएको जीवन र मृत्यु

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

रसुवा बाढीका बेपत्ताको खोजीमा चितवनमा सेना सक्रिय, १० शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu