ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुङमा फसेकाको उद्धारमा अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन कांग्रेसको आग्रह


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ९ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा गएको भीषण बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ, प्रविधि र विशेषज्ञताको सहयोग लिन सरकारसँग आग्रह गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट यस्तो आग्रह गरिएको पार्टीका केन्द्रीय सदस्य देवराज चालिसेले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका व्यक्तिको उद्धारलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि नेपालमा उपलब्ध स्रोतसाधनले सम्भव नभए अन्तर्राष्ट्रिय अनुभव तथा विशेषज्ञताको उपयोग गर्नुपर्ने बताए।

उनले उद्धारमा समय अत्यन्त महत्वपूर्ण भएकाले सरकार संवेदनशील र सक्रिय हुनुपर्ने धारणा राखे। उनका अनुसार राहत, पुनर्निर्माणलगायतका विषयभन्दा अहिले सुरुङभित्र फसेका व्यक्तिको जीवन बचाउनु प्रमुख विषय हो।

‘मान्छेको जीवन नै प्रधान हो। त्यसकारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ। राहत दोस्रो चरण हो। पुनर्निर्माण तेस्रो–चौथो चरणमा जान्छ,’ चालिसेले भने, ‘अहिलेको प्रधान विषय भनेको एक जना भए पनि बाँचेको छ कि भनेर खोजी गर्नु हो।’

उनले सुरुङमा फसेका व्यक्तिहरू दक्ष जनशक्ति तथा उच्च तहका इन्जिनियर र प्राविधिकसमेत रहेको भन्दै उनीहरूको उद्धारमा उपलब्ध सबै विकल्प प्रयोग गर्नुपर्ने बताए।

चालिसेले सरकारले उपलब्ध स्रोत र साधनबाट उद्धारको प्रयास गरिरहे पनि प्राविधिक रूपमा कठिन अवस्था आए अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच गर्न नहुने बताए। अन्तर्राष्ट्रिय विशेषज्ञता, ज्ञान, प्रविधि र अनुसन्धानको कुनै राष्ट्रिय सीमा नहुने उनको भनाइ थियो।

उनले भारतको उत्तराखण्डमा सुरुङभित्र मानिस फसेको घटनामा गरिएको उद्धारको उदाहरण दिँदै नेपालले पनि त्यस्ता अन्तर्राष्ट्रिय अनुभवबाट लाभ लिनुपर्ने बताए।

‘इन्डियाको उत्तराखण्डमा पनि यस्तै किसिमको सुरुङमा मानिस अड्किएको अवस्था थियो। त्यसकारण सकेको अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन,’ उनले भने, ‘एक्सपर्ट भन्ने कुरा, ज्ञान र विज्ञान भन्ने कुरा, अनुसन्धान भन्ने कुरा राष्ट्रिय सीमा हुँदैन।’

उनका अनुसार उद्धारमा नेपालका उपलब्ध स्रोतसाधन प्रयोग गर्ने र आवश्यक परे विदेशी प्राविधिक, विशेषज्ञ तथा अत्याधुनिक प्रविधि तत्काल परिचालन गर्नुपर्नेमा कांग्रेसको जोड छ।

चालिसेले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा सरकारले समयमै निर्णय गर्न नसक्दा उद्धार कार्यमा ढिलाइ भएको समेत बताए। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै आवश्यक निर्णय तत्काल गर्नुपर्ने उनले बताए।

सर्वदलीय बैठकमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरेर उद्धार तथा राहतलाई अघि बढाउने र त्यसका लागि राजनीतिक दलहरूले आवश्यक सहयोग गर्ने सहमति भएको पनि चालिसेले जानकारी दिए।

उनले विपद्को विषयलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिँदै संकटको समयमा सबै राजनीतिक दल पीडित जनताको उद्धार र राहतका लागि एकजुट हुनुपर्ने बताए।

चालिसेले पछिल्लो समय जलवायु परिवर्तनका कारण बढ्दै गएको जलवाजन्य विपद्को जोखिमलाई दीर्घकालीन बहसको विषय बनाउनुपर्ने आवश्यकता पनि औँल्याए। आगामी दिनमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वतयारी, प्रविधि, पूर्वसूचना प्रणाली र उद्धार क्षमताको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

रसुवा बाढीको क्षतिबारे एमालेको स्थलगत अध्ययन, ओलीलाई बुझायो प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu