ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ५५   बजे

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड हिमतालमा जलवायु परिवर्तनको असर देखिन थालेको स्थानीय तथा विज्ञहरूले बताएका छन्।

उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा पञ्चकुण्ड क्षेत्रमा पाँचवटा साना ताल स्पष्ट देखेको सम्झन्छन्। तर पछिल्लो समय ती पाँच कुण्ड छुट्टाछुट्टै देखिन छाडेर एउटै तालजस्तो देखिन थालेको उनको भनाइ छ।

“हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे। अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ,” शेरचनले भने।

अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आएको पानी सङ्कलनबाट बनेको प्राकृतिक हिमताल हो।

पर्यापर्यटनका अध्येता घनश्याम खड्काका अनुसार एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को तथ्याङ्कमा सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटरमा फैलिएको पञ्चकुण्ड हिमतालको क्षेत्रफल सन् २०२५ मा ०.३८८ वर्गकिलोमिटर पुगेको देखिन्छ।

उनका अनुसार १२ वर्षको अवधिमा तालको क्षेत्रफल ८४६ प्रतिशतले विस्तार भएको छ। तापक्रम वृद्धि र हिमपहिरोको जोखिमका कारण तालमा आएको परिवर्तनबारे थप अध्ययन आवश्यक रहेको उनको भनाइ छ।

तर स्थानीय अभियन्ता तेज गुरुङ भने तालको क्षेत्रफल बढेको नभई गहिराइ बढेको हुनसक्ने बताउँछन्। उनका अनुसार स्थलगत अध्ययन नगरी ताललाई जोखिमयुक्त भन्न उपयुक्त हुँदैन।

“अहिलेसम्म अन्नपूर्ण आधार शिविरबाट बग्ने खोलामा बाढी आएको इतिहास छैन। तालको क्षेत्रफल बढेको होइन, गहिरिएको हो,” गुरुङले भने।

पञ्चकुण्ड ताल धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। स्थानीयका अनुसार शेर्पा भाषामा यसलाई ‘डिकिचो’ भनिन्छ, जसको अर्थ जमेको ताल हो। पाँचवटा छुट्टाछुट्टै कुण्ड रहेका कारण यसलाई पञ्चकुण्ड नामकरण गरिएको बताइन्छ।

धार्मिक मान्यताअनुसार रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण नामका पाँच कुण्ड रहेको उल्लेख पाइन्छ। पितृको सम्झनामा यहाँ पिण्डदान गर्दा पुण्य प्राप्त हुने विश्वाससमेत रहँदै आएको छ। ताल परिसरमा शिव मन्दिर निर्माण गरिएको छ भने नजिकैको डाँडालाई कागभुसुण्डी नामकरण गरिएको छ।

नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग सञ्चालनमा आएपछि पञ्चकुण्डमा पर्यटकीय चहलपहल बढेको छ। हिमाल, आधार शिविर र ताललाई एकै स्थानबाट अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको हो।

तर तालको जोखिमबारे अहिलेसम्म विस्तृत अध्ययन भने भएको छैन। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जलवायु परिवर्तनको असर देखिन थालेकाले पञ्चकुण्डको जोखिम मूल्याङ्कन गर्नुपर्ने आवश्यकता महसुस भएको बताए।

उनका अनुसार स्थानीय तहसँग आवश्यक स्रोतसाधन र विज्ञ जनशक्ति नभएकाले सङ्घीय सरकारसँग अध्ययनका लागि अनुरोध गर्ने तयारी छ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गण्डकी प्रदेश सरकारले पञ्चकुण्डसहित प्रदेशका तालतलैयाको विद्युतीय प्रोफाइल तयार पारेको छ। तर पञ्चकुण्डको विस्तृत भौगोलिक जोखिम मूल्याङ्कन भने हुन बाँकी छ।

विशेषज्ञहरूले तालको गहिराइ, मोरिन बाँधको अवस्था तथा आसपासको भूगर्भीय संरचनाको अध्ययन गर्न जियो राडार (जीपीआर), सिस्मिक र विद्युतीय इआरटीजस्ता प्रविधि प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन तीव्र हुनुका साथै नयाँ हिमताल बन्ने, पुराना ताल विस्तार हुने र हिमताल विस्फोटको जोखिम बढ्दै गएको विज्ञहरूको भनाइ छ।

पञ्चकुण्डको पानी मिस्त्रीखोलामार्फत नारच्याङ हुँदै कालीगण्डकी नदीमा मिसिन्छ। यही पानीको उपयोग गरी १५२ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण भएका छन्।

गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पूर्णेश्वर सुवेदीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको असरलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन कालीगण्डकी बेसिनमा जलवायु संवाद कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

उनका अनुसार जलवायुजन्य विपद्को जोखिमयुक्त क्षेत्र पहिचान गरी प्रविधिमा आधारित पूर्वानुमान प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

केरुङनजिक हिमनदी फुटेपछिको जोखिम कायमै, थप बाढी–पहिरोको चेतावनी

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

भोटेकोशी बाढी जलवायु परिवर्तनको असर : प्रधानमन्त्री शाह

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu