काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार आकस्मिक बाढीको सम्भावना रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी तथा त्रिशूली नदीसहित स–साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलाको बहाव बढ्ने सम्भावना रहेको छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्