ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटको मिनिमार्टभित्र २४ शव फेला


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ९ : ४५   बजे

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टभित्र २४ वटा शव फेला परेका छन्।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सोमबार भएको खोजी तथा उद्धारका क्रममा मिनिमार्टभित्रबाट २४ शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

‘हिजो एउटा घरमा २४ वटा शव भेटिएको हो, उत्तरगया मिनिमार्ट भन्ने रहेछ,’ एसपी रेग्मीले भने।

मिनिमार्टबाट निकालिएका शवमध्ये १० वटा काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। बाँकी शवसमेत सोही अस्पताल पठाउने तयारी गरिएको छ।

घटनास्थलमा थप उद्धार तथा अनुसन्धान जारी रहेको एसपी रेग्मीले बताए। उनका अनुसार उक्त घरभित्र ठूलो मात्रामा बालुवा थुप्रिएको छ।

‘त्यहाँ टोली गएर हेर्दै छ, अनुसन्धान गर्दै छ। घरभित्र बालुवा नै बालुवा छ,’ उनले भने।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नुवाकोटको बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता प्रभावित क्षेत्रमा बेपत्ता तथा मृतकको खोजी जारी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपछि रास्वपाले बोलायो सर्वदलीय बैठक, राहत–उद्धारदेखि पुनःस्थापनासम्म छलफल हुने

रसुवागढीको विपत्तिले सातै प्रदेशलाई रुवायो : व्यापारिक नाकादेखि जलविद्युत्का दक्ष जनशक्तिसम्म तहसनहस

सम्बन्धित

सडक निर्माणको सास्ती : एक घण्टाको बाटो पार गर्न आठ दिनसम्म

बागलुङ कालिका भगवती गुठीले बाढीपीडितका लागि साढे ५ लाख सहयोग गर्ने

बाढी–पहिरोका कारण उपत्यका आसपासका मुख्य सडक अवरुद्ध

पृथ्वी राजमार्ग बन्द भएपछि बीपी राजमार्गमा सवारी चाप बढ्ने

रसुवा बाढीको असर नुवाकोटको बेलकोटगढीमा : तीन वडामा सयौँ घर प्रभावित, अस्थायी बसोबासको माग

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu