ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १० : १५   बजे

त्रिशूली (नुवाकोट) । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीबाट प्रभावित विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन्। बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित रहेको जनाएका छन्। बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता हुनुका साथै विद्यालय भवन, सडक र पुलमा क्षति पुगेकाले आवतजावतमा कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए। दैनिक जनजीवन सामान्य बन्दै नदी वारपार गर्न सक्ने अवस्था भएपछि मात्रै विद्यालय सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने सूचना पाए पनि त्यसको प्रभाव यति ठूलो हुने अनुमान गरिएको थिएन। उनका अनुसार केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकामा सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्यांकअनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्यांकअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालय तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा छैनन्। उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन्। एउटा ब्लक मात्रै बाँकी रहेको जनाइएको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय र पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासमा पनि क्षति पुगेको छ। रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बससमेत बाढीले बगाएको छ। यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि बाढीका कारण विस्थापितहरूलाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढीमा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय र वडा नम्बर ५ को महादेव माध्यमिक विद्यालयसमेत बाढीबाट प्रभावित भएका छन्।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

सम्बन्धित

१० मिनेटको त्यो त्रास : विद्यार्थी निस्किए, आँखैअगाडि त्रिशूलीले विद्यालय बगायो

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

रसुवा, नुवाकोट र धादिङमा बाढीपछि २५० विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन

बालबालिकालाई बचाएर सुरक्षित पठाउने प्रधानाध्यापक आफैं बेपत्ता

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu