काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्